प्रहरी सेवा चिनेर र किनेर पाइदैन ः डिआईजी
मेनका परियार
रुकुम, नेपाल प्रहरी निशुल्क रुपमा जनताको सुरक्षाको लागि काम गर्ने भएकाले चिनेर र किनेर नपाउँने प्रहरी नायव महानिरक्षक केशवप्रसाद अधिकारीले जनाएका छन् । शुक्रवार जिल्ला सदरमुकाम खंलगामा आयोजित अन्तरक्रिया कार्यक्रममा डिआईजी अधिकारीले यस्तो धारणा राखेका हुन् । पछिल्लो समयमा प्रहरी सेवालाई पैसामा किनेर र चिनेर प्रभावित पारेको जनगुनासो बढेपछि उनले यस्तो धारणा राखेका हुन् । जिल्लाको शान्ति सुरक्षाको लागि आफ्ना मातहातका प्रहरीहरु सम्वोधन गदैँ उनले प्रहरी सेवालाई निष्पक्ष प्रभावकारी बनाउन यस्तो निर्देशन दिएका हुन् । प्रहरी गलत काम गर्ने कुनैपनि व्यक्तिलाई छुट नदिने स्पष्ट पारे । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रहरी आफैं कतिपय ठाउँमा गलत कार्यप्रति लागेको गुनासोको जवाफ दिदै उहाँले प्रहरी देश र जनताको रक्षक हुने ठाउँमा भक्षक भएको पाईएमा त्यस्ता प्रहरीहरुलाई पनि कारवाही गर्ने जनाए । उनले भने, अनैतिक र गलत कार्य गर्ने ८ जना प्रहरीलाई मैले कार्वाही गरिसकेको छु म त्यस्ता व्यक्तिलाई माफी दिदैँन । उनले प्रहरी गलत गरे मलाई फोन गुर्नुहोस, म त्यसलाई कारवाही गर्छु डिआईजी अधिकारीले बताए । प्रहरी आफैं कानुन कार्यान्वयन गर्ने ठाउँमा भएर पनि कानुनलाई हातमा लिएर हिड्यो भने त्यहाँ सुरक्षा कसले गर्ने भन्दै डिआईजी मदिरा सेवन गर्ने, अनैतिक सम्बन्ध राख्ने जस्ता गलत प्रवृति बोकेका वा आचारसंहिता विपरित कार्य गर्ने प्रहरी जवानलाई कारवाही जनाए । त्यस्तै हत्याहिंसामा संलग्न जोकोही व्यक्तिलाई कानुनले नछोड्ने बताउँदै अधिकारीले अपराध नियन्त्रण गर्न आफु जुनसुकै बेला पनि तयार रहने प्रतिबद्धता जनाए । सहभागीले कार्यक्रममा उठाएका जिल्लाको शान्ति सुरक्षा, मदिरा सेवन, यातायात भाँडादर र क्षमता भन्दा बढी यात्रु गाडीमा राख्ने लगाएतका बिषयमा उहाँले तुरुन्त अनुगमन गर्न र दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख गोविन्द थपलियालाई निर्देशन समेत दिएका छन् । उहाँले आफु राजधानीमा रहँदा मदिरा सेवन गरी हुने दुर्घटनालाई शून्यमा पु¥याएको दाबी गर्दै मध्यपश्चिमा पनि आफु आएको छोटै समय भएपनि अपराध र दुर्घटना नियन्त्रण गर्न प्रमुख लक्ष्य रहेका जनाए ।
Tag:







No comments: