Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » योजनाको निर्माणको निवेदन आर्मी ब्यारेकमा

रुकुममा विकास निर्माणमा नेपाली सेना सक्रिय भएको छ । गाउँ गाउँबाट विकास गर्न माग आएपछि नेपाली सेना विकास निर्माणमा लागेको हो । लाखौँ रुपैया बजेट लाग्ने योजनाहरु सेनाको श्रमबाट निशुल्क  बन्ने भएपछि योजनाको माग गदैँ नेपाली सेनाको ब्यारेकमा स्थानीय पुग्ने गरेका छन् ।
 विशेषगरी विद्यालयको खेलमैदान, भवन निर्माण, पर्खाल  निर्माण, बाटो मर्मत तथा सरसफाई अभियानमा नेपाली सेना सरिक हुने गरेको श्री देवीदल गणका गणपती डम्बरबहादुर दर्लामीले जनाए । उनले भने, विशेषगरी विद्याहरुको भौतिक पूर्वाधार निर्माणमा आएको छ । नेपाली सेनाले हाल सम्म जिल्लाको  ४ वटा विद्यालयहरुमा पुगेरे भौतिक अवस्था सुधार गरेको जनाएको छ । जसमा महाकाली मा.वि. सिस्नेखोला, त्रिपूरा मा.वि. स्यालापाखा, जनहित प्रा.वि.  माछ्मी र मा.वि. झुलखेतको विद्यालमा नेपाली सेनाको श्रमदानबाट  भौतिक पूर्वाधार योजना निर्माण भएको सेनानी रुद्र गुरुङले जनाए । उनका अनुसार सरस्वती मा.वि. सल्लेमा पनि विद्यालयको भवन निर्माणको लागि निवेदन परेको छ । हाल सम्म करिव १५ लाख रुपैया वरावरको काम नेपाली सेनाले निशुल्क निर्माण गरि दिएको छ ।  विद्यालमा  गएर जनताको समस्यालाई सामधान गर्न थालेपछि सेना र जनता बीच सम्बन्ध सुधार  भएको स्थानीयले जनाएका छन् ।  यसका साथै नेपाली सेनाले जिल्ला अस्पताल, मुसिकोट नगरपालिका सरसफाई समेत गदैँ आएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply