Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » बाटो मोड्दै विप्लव माओवादी


सम्पादकीय ......
करिव ३ महिना अगाडि नेकपा बैद्य माओवादीवाट विभाजित भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एकाएक बाटो मोड्न थालेको छ । नेपाली काँग्रेसलाई वर्ग सत्रु घोषणा गरेर बेला बेला जनयुद्धको धम्की दिने विप्लव माओवादी अब देशमा भएको अनियमितता तथा भ्रष्टचार रोक्ने पक्षमा देखिएको हो ।
शनिबार रुकुमको जिल्ला सदरमुकाम खंलगामा बसेको विप्लव नेतृत्वको नेकपा माओवादीले विस्तृत  शान्ति सम्झौताको भावना  मर्म वमोजिम  अगाडि वढ्न र जनजीविकाको समस्या हल गर्न  नेपाल सरकार समक्ष  माग गर्ने निर्णय गरेको छ । १२ वर्षे द्धन्दको क्रममा सुरक्षाको अवस्था देखाउदैँ गाउँ गाउँमा रहेका गाविस कार्यालयहरु शान्ति सम्झौता भएका करिव दशक वित्दा सम्म गाउँ फर्किन नमाने पछि विप्लव नेकपा माओवादी सदरमुकाम खंलगामा रहेका  गाविसका कार्यालयहरु  एक महिना भित्र हटाउन  दबाव दिने जनाएको छ । यसका साथै यातायातको भाडा घटाई कार्यन्वयन गर्ने, डिजेल पेट्रोलिमा शुद्धता कायम राख्ने, एंवम कालावजारीया रोक्न र मुल्यमा  एकरुपता ल्याउने, म्याद नाघेका खाद्य पदार्थहरु विक्रिवितरण गर्न रोक लगाउने जस्ता जनताका जनजीविका सँग सम्वन्धीत मुद्दाहरुलाई उठाउने जनाएको छ । यसका  साथै पछिल्लो समयमा जिल्लामा भएका  सार्वजनिक जग्गा दलाल तथा पूँजीपति वर्गले अतिक्रमण गर्ने गरेको आरोप लगाउदैँ त्यसको सुरक्षा तथा  तत्कालिन जनसत्ताले जनयुद्धको वेला रजिष्ट्रेशन गरेका घरजग्गा मान्यता दिन, र जिल्लामा हुने भष्टचार मुक्त अभियान सञ्चालन गर्न  प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply