रेखदेख संवाददाता
मुसीकोट÷ मुसीकोट । जिल्ला सदरमुकाम खंलगामा रहेका गाविसका कार्यालय हटाउने विप्लव माओवादी एक महिने अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला सदरमुकाम खंलगामा आइतबार गरिएको पत्रकार सम्मेलनमा विप्लव माओवादीले यस्तो गर्ने जनाएको छ । माघ २ गते जिल्ला सदरमुकाम खंलगामा बसेको पार्टीको बैठकका निर्णय सार्वजनिक गदैँ नेकपा माओवादीका सल्यान रुकुम अध्यक्ष मोहनलाल चन्दले यस्तो धारणा राखेका हुन् ।
नेकपा माओवादी विस्तृत शान्ति सम्झौताको भावना मर्म वमोजिम अगाडि वढ्न र जनजीविकाको समस्या हल गर्न नेपाल सरकार समक्ष माग गदैँ जिल्ला सदरमुकाम खंलगामा रहेका गाविसका कार्यालयहरु हटाइ गाउँमा स्थापना गर्न दबाव दिने जनाएको छ । यसका साथै यातायातको भाडा घटाई कार्यन्वयन गर्ने, डिजेल पेट्रोलिमा शुद्धता कायम राख्ने, एंवम कालावजारीया रोक्न र मुल्य एकरुपता ल्याउन, मिति नाघेका खाद्य पदार्थहरु विक्रि वितरण नगर्न व्यवसायीहरुलाई अनुरोध गर्ने जिल्ला सेक्रेटरी नरबहादुर पुन मनाकामनाले हस्ताक्ष्र विज्ञप्तीमा उल्ेख गरिएको छ । ििजल्लामा भएका सार्वजनिक जग्गा सार्वजनिक गर्ने, तत्कालिन जनसत्ताले जनयुद्धको वेला रजिष्ट्रेशन गरेका जग्गा मान्यता दिन, र जिल्लामा हुने भष्टचार मुक्त अभियान सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने जनाएको छ ।
जिल्लाका गाविस कार्यालय हटाउदँै विप्लव माओवादी
Tag:






No comments: