प्रविर ददेल
रुकुम । जिल्लाबाट रुकुममा पछिल्लो समयमा धर्मको नाममा वालवालिका ओसार पसार गर्ने क्रम बढेको छ । जिल्लाको पूर्वी क्षेत्रका वालावालिहरुलाई निशुल्क पढाउने भन्दैँ गुम्बा तथा चर्चहरुमा ओसार पसार गर्ने क्रम बढेको हो ।
आइतबार रुकुम सोलाबाङ देखि दाङ तुलसीपुर हुदैँ काठमाण्डाँैमा रहेको बौद्ध रातो गुम्वामा लैजादैँ गरेका हुकाम ९ का डिलबहादुर कामी सहित ४ बालावालिकालाई सोलाबाङ प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुममा थप अनुसन्धानको पठाएपनि जिल्ला प्रहरी कार्यालय रुकुमले दोषी नभएको भन्दैँ छोडीदिएको छ ।
आर्थिक अभावका कारण गाउँमा पढाउन समस्या भएपछि परिवारको मिलेमतोमा पढाईको लागि भन्दैँ वालवालिका गुम्वा तथा चर्चहरुमा पठाउन थालिएको छ । गत पौषमा समेत बौद्ध गुम्वामा लैजादैँ गरेका रुकुम हुकामका फलबहादुर थामी र ७ जनालाई बालवालिका सिम्रुत प्रहरीले पक्राउ गरेर जिल्ला अनुसन्धान गरि तारिखमा छाडे्को छ । एकै व्यक्तिले साना साना वालवालिकालाई विना प्रमाण जिल्ला वाहिर लैजादैँ गर्दा प्रहरीले पक्राउ गरेपनि पछि परिवारको मिलेमतोको कारण आर्थिक अभावमा पढाउन नसक्दा गुम्वा तथा चर्चहरुमा पठाउने गरेको स्वीकार गरेपछि प्रहरीले छाड्न वाध्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
वेला वेलामा प्रहरी सक्रियतामा शकास्पद वालवालिकाको उद्धार गरेपनि पछि मानव बेचविखन गर्ने उद्देश्य पृष्टि नहुँदा छोड्न वाध्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख गोविन्द थपलियाले जनाएका छन् । उनले भने, शंकास्पद लागेर प्रहरीले पक्रेर ल्यायो, तर अनुसन्धानमा त्यस्तो नदेखिएपछि प्रहरीले छोड्दिएको छ । यस्तो एक ठाउँवाट अर्को ठाउँमा वालवालिकालाई ओसार पसार गर्नु सामाजिक अपराध भएपनि अनुसन्धानमा आवश्यक प्रमाण जुट्न नसक्दा अप्ठेरो पर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
नेपाल सरकारले आधारभुक्त शिक्षा अन्र्तगत माद्यामिक तह सम्म निशुल्क पढाउने ब्यवस्था गरेपनि गाउँ गाउँबाट वालावालिका शिक्षा आर्जनकै लागि एक ठाउँवाट अर्को ठाउँमा जाने गरेको प्रति कसैको चासो पुगेको छैन् । दुर्गमका दलित तथा जनजाती वालवालिकाहरुलाई यसरी आफनो परिवार छोड्ने रहर नभएर वाध्यता रहेको पारिवारीक स्रोतले जनाएको छ । हामीलाई बच्चा वाहिर पठाउने रहर होइन, वाध्यता हो नरमाया रामजालीले जनाईन । निशुल्क शिक्षा प्रदान गर्ने भन्दैँ रुकुम जिल्लाका दर्जन भन्दा बढी वालवालिका पोखरा, काठमाण्डौ र भारतको गुम्वा तथा चर्चहरुमा रहेको स्रोत दावी छ ।
हामीले वालवालिकाहरुलाई गाविस तथा वालकल्यान समितिको सिफारिस बनाएर लैजाने छौ, वालवालिका गुम्वामा लैजादैँ डिलबहादुर कामीले जनाए । उनका अनुसार प्रहरीले दुःख दिने गरेको समेत जनाए ।
गुम्वामा लैजादैँ गर्दा आइतवार हुकाम गाविस ९ का डिलबहादुर कामी सहित ४ वालवालिका प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याएपनि आवश्यक प्रमाण नजुटेको भन्दैँ आइतवार नै छोडिदिएको छ ।
जसमा हुकाम ९ का वर्ष ९ का बहुमत रामजाली, वर्ष ११ का युवराज रामजाली, कोल ३ का ११ वर्षका मनोज वि.क. र सोही गाउँका अशोक वि.क. रहेका थिए । कामी गाउँकै मामा र काका नाता लाग्ने गरेको प्रहरीले जनाएको छ ।
किन पक्रिन्छ, छोड्छ प्रहरी ?

Tag:
No comments: