Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » पर्यटन प्रर्बद्धन गर्न राप्ती युनियनको भेला रुकुममा

रेखदेख संवाददाता
मुसीकोट नेपाल प्रेस युनियनको राप्ती अञ्चल स्तरिय भेला एवं प्रशिक्षण कार्यक्रम आगामी फाल्गुन १० गते रुकुममा हुने भएको छ । राप्ती अञ्चल समन्वय समितिको निर्णय अनुसार रुकुममा भेलाको आयोजना गरिएको प्रेश युनियन रुकुमले जानकारी दिएको छ ।
राप्ती अञ्चलका पाच ओटा जिल्लाबाट पाच पाच जना प्रतिनिधि,पर्यवेक्षक र केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई सहभागी गराईने पनि प्रेस युनियन रुकुमले जानकारी दिएको छ ।
आईतवार जिल्ला सदरमुकाम खंलगामा भएको नेपाल प्रेश युनिय रुकुमको बैठकले राप्ती अञ्चल भेला रुकुममा गर्ने निर्णयलाई स्वागत गदैँ भेलालाई ब्यवस्थित बनाउन ५ वटा समिति समेत गठन गरिएको छ ।
 जसमा नेपाली काँग्रे महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीको संयोजकत्वमा  सल्लाकार समिति,  नेपाल प्रेश युनियनको अध्यक्ष कृष्णप्रसाद गौतमको संयोजकत्वमा मूल आयोजक समिति, दिनेश खड्काको संयोजकत्वमा कार्यक्रम तथा आवास व्यवस्थापन समिति, आर्दश केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र निर्मला शर्माको संयोजकत्वमा  मञ्च व्यवस्थापन तथा स्वागत समिति गठन गरिएको छ । समितिहरुले रुकुम जिल्लामा हुन लागेको नेपाल प्रेश युनियन राप्ती अञ्चलको भेलालाई सभ्य र भव्य वनाउन पहल गर्ने जनाएको छ । रुकुमको पर्यटकीय क्षेत्र प्रचार प्रसार क गर्न रुकुममा नेपाल प्रेश युनियनको राप्ती भेला गर्न लागिएको प्रेश युनियन रुकुमका अध्यक्ष कृष्णप्रसाद गौतमले जनाए । नले भने, आगन्तुकहरुलाई रुकुम जिल्लाका मुख्य पर्यटकिय स्थलहरुको अवलोकन र शसस्त्र द्धन्द पछिको रुकुमको विकाश निमार्णमा आएको परिवर्तनका सन्र्दभमा अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको छ ।
भेलाबाट राप्ती अञ्चलमा युनियनको अवस्था,न्युनतम पारिश्रमिक,श्रमजीवी ऐन कार्यान्वयन र मोफसलका सञ्चारकर्मीहरुका समस्याका सन्र्दभमा रुकुम घोषणापत्र जारी गर्दै ,न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि रचनात्मक र दबावमुलक कार्यक्रमहरु अगाडी सारीने बताईएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply