रेखदेख साप्ताहिक
जिल्लाको प्रमुख ब्यापारी केन्द्र सोलाबाङलाई सौतेनी ब्यवहार गरेको एक कार्यक्रमका सहभागीहरुले जनाएका छन् । मुसीकोट नगरपालिका ५ सोलाबाङलाई सरोकारवाला निकायबाट नै सौतेनी ब्यवहार सहन वाध्य रहेको विहीवार सोलावाङमा आयोजित अपराध न्यूनीकरणमा प्रहरी नागरिक सहकार्य विषयक कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।
सोलाबाङ नगरपालिकाको रुपमा विकास भएपनि अझै पनि खानेपानी, स्वास्थ्य, शिक्षा, बैंक, सञ्चारलगायतको क्षेत्रबाट सौतेनी ब्यवहार खेपेको स्थानीय ब्यापारीहरुले जनाएका छन् । “सोलाबाङलाई गाविस, नगरपालिका, जिविसलगायत अन्य कुनै पनि सरोकारवाला निकायबाट विकास निर्माण तथा कुनै पनि सेवा विस्तार गर्दा सौतेनी ब्यवहार गरेको स्थानीय शिक्षक भक्तबहादुर खड्काले जनाए ।” उनले भने, पछिल्लो समयमा सोलाबाङबजार नमूना बजारको रुपमा विकास भएपनि आधारभुक्त आबश्यकता समेत पुरा हुन सकेको छैन् । जसका कारण स्थानीय बजारबासीहरु समस्यामा पर्ने गरेका छन् । कार्यक्रममा सोलाबाङ बजारको शान्ति सुरक्षा र विकास निर्माणको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले सोलाबाङ बजारलाई नमूना बजारको रुपमा विकास गर्ने र छिट्टै ल्याण्डलाई फोन सेवा विस्तार गर्न निर्देशन दिने जनाएका छन् । सोलाबाङ बजारमा नागरिक र प्रहरी बीच सहकार्यबाट अपराध न्यूनीकरण भएको प्रति प्रशंसा गदैँ अझै यसलाई निरन्तरता दिन प्रजिअ भण्डारीले आग्रह समेत गरेका थिए । पछिल्लो मापसे गर्ने प्रचलन बढेको र जसका कारण अपराध बढ्को हुँदा त्यसको न्यूनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य हुन जरुरी रहेको प्रजिअ भण्डारीले भने । कार्यक्रममा बोल्दैँ प्रहरी प्रमुख गोविन्द थपलियाले प्रहरी जनताको धनजनको सुरक्षाको लागि बसेको र जसको लागि प्रहरी नागरिक समन्वय, सहकार्यको खाँचो रहेको जनाएका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी, प्रहरी प्रमुख गोविन्द थपलिया, अनुसन्धान अधिकृत, पत्रकार, सोलाबाङ नमूना बजारका उद्योग व्यवसायी, व्यापारी, राजनैतिकदल लगायतको उपस्थित रहेको थियो । अपराध न्यूनिकरणमा प्रहरी नागरिक सहकार्य कार्यक्रम सँगै गाउँलले बनाएको प्रहरी बिटको उद्घाटन गरिएको थियो ।
प्रमुख व्यापारी केन्द्र सोलावाङलाई सौतेनी ब्यवहार

Tag:
No comments: