मेनका परियार
रुकुमको कोटजहारी गा.वि.स.वडा नं. १ मा रहेको गरीदेउराली प्राथमिक विद्यालयका शिक्षकहरुले २ चौमासिक देखि तलव खान पाएका छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर बोहरा गाउँ छोडेर बाहिर गएको र प्रध्यानाध्यापक शिक्षिका बालिका के.सी.स्थाई पदमा नाम निकालेर अनेत्रै गएपछि उनीहरुको नाममा रहेको बैंक खाताबाट तलव नपाएको दुखेसो शिक्षकहरुले गरेका छन् । विद्यालयमा हाल १ जना राहत, २ जना निजी १ जना बालशिक्षाका शिक्षकहरु कार्यरत छन् ।
विद्यालयमा व्यवस्थापन समितिले नै विद्यालयको व्यवस्थापन गर्न नसक्दा विद्यालयमा समस्या भएको हो । जसका कारण शिक्षकहरुले समेत जाँगर गरेर पढाउन छाडेका छन् । लामो समयसम्मको तलव नपाएपछि शिक्षकहरुलाई खर्च टार्न गाहे भएको जनाएका छन् । विद्यालय व्यवस्थापन समितिको विद्यालय प्रतिको ब्यवास्ताका कारण विद्यालयको भौतिक र शैक्षिक स्थिति बिग्रदै गएको छ । प्रत्येक आर्थिक बर्षमा विद्यालयहरुले लेखापरिक्षण गर्नु पर्ने नियम भएपनि २०५५ सालमा स्थापना भएको लेखनार्जी विद्यालयमा हालसम्म सामाजिक लेखा परिक्षण गरिएको भएको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राधनााध्यापकको लापरवाहीको कारणले विद्यालयको स्थिति बिग्रदैं गएको व्यवस्थापन समितिका सदस्य इन्द्रनाथ योगीले बताए ।
उनले भने – हामीले धेरै पटक विद्यालय व्यवस्थापन समितिको बैठक बोलायौं तर अध्यक्ष नै उपस्थित नभएपछि बैठक बस्न सकेको छैन । विद्यालयको आयव्ययबारे अध्यक्ष बाहेक समितिका सदस्य र शिक्षकहरु कसैलाई थाहा नभएको उनीहरुले बताए । हाल विद्यालयमा ३ वटा भवन भएपनि कक्षा १, २ र ३ का विद्यार्थीहरुका लागि डेस्कबेन्च नहुँदा उनीहरु भुईमै बसेर पठनपाठन गर्न बाँध्य भएको शिक्षिका देविका पोख्रेलले जनाईन । त्यस्तै सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत सन्तोष सुनारले भने –कक्षामा गुरुहरुले पढाउँदा कहिलेकाही त्रिपालमा बस्छौं कहिले त्यहि पनि नपुग्दा चप्पल ओछ्याएर पनि बस्छौं । यसरी हिउँदयामको चिसोमा दिनभर भुईमा बस्दा बालबालिकाहरु बिरामी हुन सक्ने गुनासो अभिवाकहरुले गरेका छन् ।
विद्यालयको यस्तो अवस्था प्रति जिल्ला शिक्षा कार्यालय समेत मौन रहेको छ । विद्यालयमा करिब २ सय विद्यार्थी रहेको छ । विद्यालयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार कसैले चासो नदिदा यस्तो समस्या आएको हो ।
प्रधानाध्यापक र अध्यक्षले गाउँ छोडेपछि विक्रीदै विद्यालय

Tag:
No comments: