Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » गाविस सचिवलाई जनकारवाही गर्ने माओवादीको योजना




रेखदेख संवाददाता रुकुम । नेकपा माओवादी  विपल्व पक्षले गाउँ नजाने सचिवलाई  जनकारवाही गर्ने योजना रहेको जनाएका छन् । माघ २ गते पत्रकार सम्मेलन गरेर सचिवहरुलाई एक महिना भित्र  गाउँ जान निर्देशन दिएको विप्लव माओवादीले कुनै वाहाना गरेर गाउँ  नजाने गाविस सचिवहरुलाई जनकारवाही  गर्ने योजना रहेको स्पष्ट पारेका छन् । आइतबार रेखदेख सँग टेलिफोन वार्ता गदैँ नेकपा माओवादी विपल्व पक्षका रुकुम सल्यान जिल्ला इन्र्चाज मोहलाल चन्दले गाउँ नजाने गाविस सचिवहरुलाई जनकारवाही अन्र्तगत गाविस सचिवको तलव रोक्का गर्ने, अखितियारमा मुद्दा हाल्ने र भ्रष्टचारी घोषणा गर्ने जस्ता कारवाही गर्ने नेकपा जानकारी दिएका छन् । उनले भने, गाविस सचिव कुनै वाहानमा सदरमुकाम खंलगामा वस्ने छुट छैन् । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास  अधिकारीलाई  समेत यस विषयमा ध्यान आर्कषण गराएपछि उहाँहरुले सचिवहरुलाई गाउँ जान निर्देशन दिनु भएको छ, अटेर गर्ने सचिवलाई जनकारवाही गछौँ चन्दले भने । हामी गाविस सचिवलाई कारवाहि गर्न सकेनौँ भने दुर्गम गाउँका शिक्षकहरु पनि सदरमुकाममै भेटीने छन्  त्यसको परिणाम कस्तो होला ? सबैले सोचनीय विषय रहेको चन्दले जनाए  ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply