प्रविर ददेल
फागुन २५ रुकुम । गणतन्त्र पछिको आठौँ रुकुमको जिल्ला परिषद सोमवार जिल्ला विकास समिति रुकुमको प्राङ्गनमा हुने भएको छ । यस अघिनै गाविस, ईलाका र नगर परिषद सँगै विषयगत कार्यालयहरुको एकीकृत योजना तर्जुमा भएपछि सोमवार जिल्ला परिषद हुने भएको हो ।
रुकुम जिल्ला परिषद्ले २ अर्ब ९ करोड ७५ लाख रुपैँया बजेटको योजना तथा कार्यक्रम प्ररस्ताव गर्ने जिल्ला विकास समितिको कार्यालय रुकुमले जनाएको छ । गत वर्षको जिल्ला परिषद्ले रु २ अर्ब २४ करोड रुपैँया विनियोजित गरिएको भएपनि यस संस्थाको प्राप्त हुने बजेट घटेपछि झण्डै १५ करोड रुपैया कमी भएको छ । विशेषगरी वजेट घट्नुको कारण संघ संस्थाको गत वर्षको भन्दा यस वर्ष योजना तथा कार्यक्रम कम भएका कारण बजेट घटेकोे स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जनाए । उनले भने, संस्थाको कार्यक्रम घटेका कारण बजेट घटेको हो ।
आठौँ जिल्ला परिषद्ले रुकुम जिल्लाको कृषि, सडक, शिक्षा, पर्यटन, विद्युत, जडिवुटीलगायतको क्षेत्रलाई प्राथमिकता दिएको जिल्ला विकास समितिको कार्यालय रुकुमले जानकारी दिएको छ । हामीले सबै क्षेत्रहरुको सम्मान विकास गरेर हाम्रो रुकुम राम्रो रुकुम अभियानलाई सफल बनाउने अधिकारी शर्माले जनाए । यसको लागि जिल्ला स्थित सरकारी कार्यालयहरु विशेष योजना तथा कार्यक्रम सहित अगाडि वढ्ने वढ्ने भएका छन् । जसमा जिल्ला विकास समितिको रुकुम भ्रमण वर्ष र छुवाछूत मुक्त क्षेत्र घोषणा वर्ष आडि सारेको छ ।
त्यस्तै कृषि विकास कार्यालयको मौरीपालन बर्ष, जिल्ला वन कार्यालयको जडिबुटी प्रबद्र्धन बर्ष, घरेलु तथा साना उद्योग विकास समितिको ऊनी झोला प्रर्बद्धन बर्ष, जिल्ला शिक्षा कार्यालयको अङग्रेजी माध्यम र सिआइटी प्रयोग बर्ष, जिल्ला पशु सेवा कार्यालयको कृतिम गर्भाधारण वर्ष महिला विकास कार्यालयको बालविवाह न्यूनिकरण, जिल्ला स्वास्थ्य कार्यालयले पूर्ण खोपयुक्त घोषणा कार्यक्रम, मालपोत कार्यालयको सार्बजनिक जग्गाको लगत संकलन, नापी कार्यालयको सडक लगत कट्टा, भू सरक्षण कार्यालयको मूल संरक्षण, खानेपानी कार्यालयको पूर्ण सरसफाई वर्ष, मुसिकोट नगरपालिकाको प्लाष्टिक मुक्त नगर वर्ष, तरकारी बीउ केन्द्रको गुणस्तरीय विऊ उत्पादन वर्ष र बालकल्यान समितिको बालश्रमीक मुक्त वर्ष घोषणा गर्ने लक्ष्य तथा कार्यक्रम राखिएको छ ।
रुकुम जिल्लाको बजेट झण्डै २ अर्ब १० करोड

Tag:
No comments: