रेखदेख संवाददाता । बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पको सही तथ्याङ्क संकलन भएको छ । दैबीक प्रकोप उद्दार समितिले भुकम्पका कारण क्षती भएको विवरणमा छानविन गरेर सहि तथ्याङ्क निकालेको हो । भुकम्पका कारण क्षतीको विवरण अत्याधिक आउन थालेपछि प्राविधिक सहित गाविस सचिव र प्रहरीको क्षतीको अनुगमन टोलीले रुकुममा जम्मा १ सय १७ घरमात्र पूर्णरुपमा क्षती भएको जनाएको छ । जसमा सवैभन्दा बढी क्षती जाङ, मग्मा, तकसेरालगायतका गाविसमा भएको छ । भने अांशिक क्षतीतर्फ ३ सय ३८ घर रहेका छन् । यसका साथै रुकुमका २२ वटा विद्यालय पूर्णरुपमा क्षती भएको र १ सय ७ वटा सरकारी तथा गैर सरकारी संघ सस्थाका भवनहरु अांशिक रुपमा क्षती भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाले जनाए । उनले भने रुकुमका ९ सय ६० घर सामान्य क्षती भएका छन् । यसअघि रुकुमका १ सय ३६ घर पूर्ण क्षती भएको थियो । भने ९ सय ७६ आंशिक रुपमा क्षती जनाएको थियो । भुकम्पका कारण पूर्णरुपमा क्षती घरपरिवार मध्ये ७३ परिवारलाई ५ हजारका दरले कुल रु ३ लाख ६५ हजार राहत वितरण गरिएको छ । यसका साथै अन्य घरपरिवारलाई समेत छिट्टैँ राहत वितरण गरिने छ । पूर्णरुपमा घर क्षती भई बैकल्पीक बासको व्यवस्था नभएका घरपरिवारलाई बास व्यवस्थापनको लागि तत्काल रु १५ हजार रुपैया राहत प्रदान गर्ने जनाएको छ । रुकुममा १ सय १७ घर पूर्णरुपमा क्षती भएपनि ४० ÷५० परिवार मात्र घरवारी विहीन भएर आफन्तको घरमा बसेको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: