रेखदेख संवाददाता । बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पको सही तथ्याङ्क संकलन भएको छ । दैबीक प्रकोप उद्दार समितिले भुकम्पका कारण क्षती भएको विवरणमा छानविन गरेर सहि तथ्याङ्क निकालेको हो । भुकम्पका कारण क्षतीको विवरण अत्याधिक आउन थालेपछि प्राविधिक सहित गाविस सचिव र प्रहरीको क्षतीको अनुगमन टोलीले रुकुममा जम्मा १ सय १७ घरमात्र पूर्णरुपमा क्षती भएको जनाएको छ । जसमा सवैभन्दा बढी क्षती जाङ, मग्मा, तकसेरालगायतका गाविसमा भएको छ । भने अांशिक क्षतीतर्फ ३ सय ३८ घर रहेका छन् । यसका साथै रुकुमका २२ वटा विद्यालय पूर्णरुपमा क्षती भएको र १ सय ७ वटा सरकारी तथा गैर सरकारी संघ सस्थाका भवनहरु अांशिक रुपमा क्षती भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाले जनाए । उनले भने रुकुमका ९ सय ६० घर सामान्य क्षती भएका छन् । यसअघि रुकुमका १ सय ३६ घर पूर्ण क्षती भएको थियो । भने ९ सय ७६ आंशिक रुपमा क्षती जनाएको थियो । भुकम्पका कारण पूर्णरुपमा क्षती घरपरिवार मध्ये ७३ परिवारलाई ५ हजारका दरले कुल रु ३ लाख ६५ हजार राहत वितरण गरिएको छ । यसका साथै अन्य घरपरिवारलाई समेत छिट्टैँ राहत वितरण गरिने छ । पूर्णरुपमा घर क्षती भई बैकल्पीक बासको व्यवस्था नभएका घरपरिवारलाई बास व्यवस्थापनको लागि तत्काल रु १५ हजार रुपैया राहत प्रदान गर्ने जनाएको छ । रुकुममा १ सय १७ घर पूर्णरुपमा क्षती भएपनि ४० ÷५० परिवार मात्र घरवारी विहीन भएर आफन्तको घरमा बसेको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: