Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » ३५ भाग, ३०८ धारा र ९ अनूसूचि रहेको संविधान घोषणा

असोज ३, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको ‘नेपालको संविधान’ जारी गरेका छन् । आइतवार साँझ संविधानसभामा राष्ट्रपतिले संविधानमा हस्ताक्षर गरी संविधान आजैका मितिबाट लागू भएको घोषणा गरेका हुन् । संविधानको घोषणा सँगै नेपालमा सङघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । साथै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्य शक्तिको स्रोत जनतामात्र हुन भन्ने मान्यतालाई संविधानले स्थापित गरेको छ । नयाँ संविधानमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समावेशी लोकतन्त्र जस्ता विशेषताहरु रहेको छन् । संविधान जारीसँगै संघीयताका रुपमा नेपालको संवैधानिक इतिहासमा एउटा नौलो अभ्यास शुरु भएको छ । नेपालका नयाँ संविधान लागू भएपछि नेपालको अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । नयाँ संविधान संविधानसभाको गत बुधबार बसेको बैठकको दुई तिहाई बहुमतले पारित गरेको हो । पारित संविधानलाई शुक्रबार सभामुख सुवास नेम्वाङ्ले प्रमाणिकरण गरेका थिए । नेम्वाङले राष्ट्रपति समक्ष प्रमाणिकरण गरिएको पाँचप्रति संविधान हस्ताक्षर गर्न पेश गरेका थिए । संविधान जारी गर्दै राष्ट्रपति यादवले भने, ‘संविधानसभाबाट पारित एवम् अध्यक्षद्वारा प्रमाणित भइ प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गते प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु’ । दुलही झैं सिंगारिएको संविधानसभा भवनमा विशेष समारोहका विच राष्ट्रपति यादवले संविधान जारी गर्नु अघि संविधानलाई ढोगेका थिए । राष्ट्रपति संविधानलाई ढोगिरहँदा भवन परिसरमा उपस्थित अतिथिहरुले अगरबत्ति बालेर स्वागत गरेका थिए । उल्लासमय वातावरणमा संविधान जारी भएपछि संविधानसभा भवन र देशैभरि पटका पड्काउनुका साथै दीपावली गरिएको थियो । ३५ भाग, ३०८ धारा र ९ अनूसूचि रहेको संविधान घोषणा पछि राष्ट्रपतिले सभालाई सम्बोधन गरेका थिए । पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट प्राप्त जनताका अधिकार, सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण तथा प्रवद्र्धन गर्न राष्ट्रपतिले आह्वान गरेका छन् । संविधानको घोषणा भएसँगै लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्तरुप लिएको उनले बताए । नेपाली जनतामा निहित सार्वभौमसत्ता, राज्य शक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता स्थापित भएको पनि उनले बताए । राष्ट्रपति डा. यादवले भने, ‘हाम्रो देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त रहेको छ । नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति र पहिचानलाई समान ढङ्गले संरक्षण र सम्वद्र्धन गर्नेछ’ । राष्ट्रपति डा. यादवले जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने साझा सङ्कल्पको दस्तावेज भएको बताए । राष्ट्रपतिले राष्ट्र र नेपाली जनताको जय होस भन्दै आफ्नो सम्बोधन सकाएपछि संविधानसभाले उनलाई धन्यवाद ज्ञापन गरेको थियो । यसपछि संविधानसभाध्यक्ष नेम्वाङले संविधानसभाले गठन भएदेखि गरेका कार्यहरुको बारेमा सभालाई जानकारी गराएका थिए । संविधानसभाको बैठक २०७० साल माघ ८ गते प्रारम्भ भई २०७२ असोज तीन गतेसम्म जम्मा ६ सय ७ दिन सञ्चालन भएको थियो । संविधानसभाको पूर्ण बैठक बसेको १ सय ३० दिनहरुमा १ सय ३५ पटक बैठक बसेको थियो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयनमा आजैदेखि चुनौती सुरु बताए । सो समारोहमा उनले संविधान कार्यान्वयनमा इमान्दारिता र एकता प्रदर्शन गर्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । नेम्वाङले संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि एकजुट भएर लाग्न दलहरुलाई आह्वान गरे । कार्यान्वयनका क्रममा उत्पन्न हुने जतिसुकै प्रतिकुल परिस्थितको समाना गर्न सक्नुपर्ने उनको भनाइ थियो । संविधानसभाको आइतबारको ऐतिहासिक तथा अन्तिम बैठकमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको औपचारिक घोषणा गरेपछि सम्वोधन गर्दै नेम्वाङले भने ‘संविधान राम्रो भएर मात्र हुँदैन । संविधान आफैंले बुद्धिविवेक बाँड्ने होइन । राजनीतिक दलहरुले संविधान कार्यान्वयनका लागि आवश्यक विवेक र क्षमता प्रदर्शन गर्नुपर्छ ।’ संविधान निर्माण प्रक्रिया अत्यन्त लोकतान्त्रिक, समावेशी र पारदर्शी रहेको भन्दै उनले जनताको प्रत्यक्ष सहभागितामा अहिलेसम्मका उपलब्धि संस्थागत गर्ने हिसाबले संविधान बनेको बताए । नेम्वाङले भने ‘संविधानमा अझै पनि कमीकमजोरी हुन सक्छन् । यो सत् प्रतिशत पूर्ण नहुन सक्छ । त्यसलाई भविष्यमा लोकतान्त्रिक माध्यमबाट सुधार गर्दै लैजान सकिने बाटो खुला छ ।’ उनले असन्तुष्ट दलहरुलाई समेत संविधानसभाबाटै जनप्रतिनिधिमार्फत संविधान संशोधनको बाटो रोज्न आग्रह गरेका छन् । ‘असन्तुष्ट दल र समूहहरुले जनताको मन जित्दै आफ्ना एजेण्डाहरु स्थापित गर्न सक्छन्,’ उनले भने ‘संविधान समयसँगै परिपक्क हुने छ । संविधानलाई पारित गर्नु भनेको प्रक्रियाको समाप्ति होइन, संविधानिक विकासक्रमको सुरुवात हो,’ उनले थपे । सभाध्यक्ष नेम्वाङले आजको दिनलाई नेपालको राजनीतिक र संवैधानिक इतिहासमा ऐतिहासिक दिन भएको बताए । संविधानसभामार्फत देशको मूल कानून निर्माण गर्ने साढे ६ दशक पुरानो चाहना पूरा भएको भन्दै उनले यसमा साथ दिने सबै पक्षप्रति आभार प्रकट गर्दै उनले भने ‘संविधान निर्माणसँगै हाम्रो भावी राजनीतिक र आर्थिक संरचनाको रुपरेखा कोरिएको छ ।’ संविधान हाम्रो भविष्यको मार्गचित्र हो । सभाध्यक्ष नेम्वाङका अनुसार नयाँ संविधानमा ५ सय ३७ सभासदले हस्ताक्षर गरेका छन् । प्रक्रिया बहिस्कार गरेका ५७ सभासदले भने हस्ताक्षर गरेका छैनन् । संविधान जारी गर्दे संविधानसभा विघठन भएको सभामुखद्धारा घोषणा , अब ब्यबस्थापिका संसद मात्र बाँकी । सरकारले यो बिशेष दिनका लागि विभिन्न कुटनीतिक नियोगका प्रमुख, राजदूत, मित्र राष्ट्रका अतिथि र अन्य पाहुना गरि दुई हजार भन्दा बढिलाई संविधानसभा भवनमा आमन्त्रण गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply