कॉग्रेस रुकुममा संस्थापन पक्षको बर्चस्व, सभापतिमा ओली विजयी
रुकुम,६ फागुन – नेपाली कॉग्रेसको रुकुम जिल्ला अधिबेशनमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । बिहीवार सम्पन्न भएको जिल्ला अधिबेशनबाट संस्थापन पक्षका प्रेमप्रकाश ओली सभापति निर्वाचित भएका छन् ।
ओलीले देउवा पक्षका कृष्णबहादुर रोकायलाई ३६ मतले पछाडी पार्दै ओली सभापतिमा निर्वाचित भएका हुन । जिल्ला निर्वाचन अधिकृत प्रविण लम्सालका अनुसार ओलीले २ सय ५९ मत र रोकायले २ सय २३ मत प्राप्त गरे । कार्यसमितिमा संस्थापन पक्षका १७ जना र देउवा पक्षका ३ जना सदस्यहरु निर्वाचित भएका छन् । सचिब पदमा २ सय ६३ मतसहित संस्थापन पक्षका भिमबहादुर खड्का निर्वाचित भए । उनका प्रतिद्वन्दी देउवापक्षका हर्कसिं खत्रीले १ सय ९६ पद प्राप्त गरे । कोषाध्यक्ष पदमा कालुराम खड्का (मोहवीर) निर्विरोध निर्बाचित भए ।
जिल्ला सदस्य पदमा क्षेत्र नंं. १ मा संस्थापन पक्षका ८ जना र देउवा पक्षका २ जना विजयी भएका हुन । संस्थापन पक्षबाट गोरखबहादुर खत्री, सत्यप्रकाश रोका, गञ्जसिं बुुढा, दिपा पाण्डे, खिमकुमारी घर्ती, कर्णबहादुर सेर्पाली, जीतप्रकाश पुन र विष्णुप्रकाश खड्का र देउवा पक्षीय टोपबहादुर खड्का र ध्रुब पुन निर्वाचित भएका छन् ।
क्षेत्र नं. २ मा संस्थापन पक्षकै १० सदस्यहरु निर्बाचित भएका छन् । निर्बाचित जिल्ला सदस्यहरुमा जनककुमार चन्द,थलबहादुर खड्का, भिमबहादुर डॉगी,कृपालाल खत्री, सम्भुप्रसाद शर्मा,योगमाया खड्का, सुमित्रादेवी भाट, कविराम विक, मोतिराम बुढा र रत्नबहादुर बुढा निर्बाचित भएका हुन ।
जिल्ला सभापति पदमा निर्बाचित ओलीलाई निबर्तमान सभापति मानबहादुर नेपाली, पूर्व सहायकमन्त्री केशरमान रोका, पुराना कॉग्रेस नेता विरबहादुर ओलीको समर्थन थियो । त्यस्तै रोकायलाई पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, सांसद मिठु मल्लको समर्थन थियो । उनीहरु दुबै केन्द्रमा संस्थापन पक्ष र जिल्लामा देउवापक्षीय निकट मानिन्छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
Photo
»
Political
»
फोटो फिचर
»
राजनिति समाचार
»
विविध
» कांग्रेस रुकुमको जिल्ला अधिवेशनको मतगणना देखि विजयत्सव सम्म फोटो फिचर
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: