Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » नेपाली कांग्रेस रुकुममा ओली र रोकायबीच तिब्र प्रतिस्पर्धा

 रुकुमका दुबै निर्वाचन क्षेत्रमा  भएको निर्वाचनबाट  महाधिबेशन प्रतिनिधीहरुको लागि ठूलो प्रतिस्पर्धा देखिएका कारण जिल्ला अधिबेशनमा पनि तिब्र प्रतिस्पर्धा देखिएको छ ।   क्षेत्रमा भएको महाधिबेशन प्रतिनिधीमा संस्थापन पक्षका १४ जना र देउवापक्षीय ८ जना निर्वाचित भएका छन् । क्षेत्र नं १ मा देउवा पक्ष र २ मा संस्थापन पक्ष बलियो देखिएको छ ।



रेखदेख संवाददाता । नेपाली कांग्रेसका पार्टी सभापति शुसिल कोइरालाको निधनसँगै स्थगित गरिएको रुकुम जिल्ला अधिवेशन फागुन ५ गते हुने भएको छ । जिल्ला स्थित शिर्ष नेताहरुको आइतबार बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । क्षेत्रीय अधिवेशनसँगै स्थगित   गरिएको जिल्ला अधिवेशनको मिति तय भएसगै नेतृत्वको चर्चा फेरि चल्न थालेको छ ।
नेपाली कांग्रेसको जिल्ला सभापति पदमा युवा नेताहरु प्रेमप्रकाश ओली र कृष्णबहादुर रोकायबीच तिव्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । संस्थापन पक्षबाट ओली र देउवापक्षीय रोकाय सभापतिको लागि अन्तिम प्रतिस्पर्धामा छन् । दुबै उम्मेद्वार पूर्व पार्टि सचिब तथा पूर्व महासमिति सदस्यहरु हुन । 
 रोकाय नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष हुन भने ओली ५४ सालमा पार्टिको जिल्ला कार्य समितिमा प्रबेश गरेका हुन ।
संस्थापन पक्षका ओलीले पार्टिका पुराना नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाह,पूर्व सहायक मन्त्री  केशरमान रोकाय तथा अहिलेका सभापति मानबहादुर नेपाली लगायतको समर्थन पाएका छन भने रोकायले सांसद मिठु मल्ल, बर्तमान उपसभापति पूर्णजंग शाह,सचिब हर्कसिं खत्री लगायतको समर्थन पाएका छन् ।
 रुकुमका दुबै निर्वाचन क्षेत्रमा  भएको निर्वाचनबाट  महाधिबेशन प्रतिनिधीहरुको लागि ठूलो प्रतिस्पर्धा देखिएका कारण जिल्ला अधिबेशनमा पनि तिब्र प्रतिस्पर्धा हुने जिल्ला कार्य समिति सदस्य थलबहादुर खड्काले     जनाएका छन्  ।
 उनले भने, सहमतीबाट नेतृत्व छनौट हुने सम्भावना छैन, चुनावबाट नै हुने प्राय निश्चित भएको छ।  क्षेत्रमा भएको महाधिबेशन प्रतिनिधीमा संस्थापन पक्षका १४ जना र देउवापक्षीय ८ जना निर्वाचित भएका छन् । जसअनुसार क्षेत्र नं. १ मा देउवापक्ष र क्षेत्र नं. २ मा संस्थापन पक्ष बलियो मानिएको छ । क्षेत्रिय सभापतिहरु क्षेत्र नं. १ का सुरतजंग मल्ल र क्षेत्र नं. २ बाट धिरेन्द्रकुमार वटाला ओलीपक्षको समर्थनमा छन् । ओलीको पक्षमा महाधिबेशन प्रतिनिधीहरु गोपालजी जंग शाह,मानबहादुर नेपाली,मनमोहन शाह,खडकबहादुर डाँगी,  गोरखप्रसाद चन्द,कमला पोखरेल, इश्वरी विष्ट, गोबद्र्धन विक,गोपालप्रसाद शर्मा,जनककुमार वाँठा,सीता ओली,लछिराम घर्ती र  केशरमान रोका छन ।
त्यस्तै रोकाय पक्षमा महाधिबेशन प्रतिनिधीहरु मिठु मल्ल, नन्दबहादुर विष्ट,यमबहादुर केसी, यज्ञ    परियार, नरजीत बस्नेत,तिलबहादुर घर्ती र राजु केसी रहेका छन् । भने दुवै उम्मेदवारले छुट्टा छुट्टै प्यानल समेत बनाउने र चुनावी मैदानमा जाने कसरत सुरु भई सकेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply