प्रविर ददेल
रुकुम । रुकुमको दुर्गम गाउँमा सुआहारा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । विशेषगरी सुनौला हजार दिनका महिला तथा बालबालिकाको क्षेत्रमा काम गदै आएको सुआहारा कार्यक्रम दुर्गम गाउँमा लोकप्रिय बनेको हो । सुत्केरी र गर्भवती महिलाहरुको स्याहार – सुसार, सरसफाई र पोषणलगायतको क्षेत्रमा काम गदै आएको सुआहारा कार्यक्रम दुर्गम गाउँका महिलाहरुमाझ स्वास्थ्य सरसफाई र पोषण सम्वन्धी जनचेतना फैलाएर लोकप्रिय बनेको स्थानीयले जनाएका छन् ।
रुकुमका दुर्गमगाँउका सुनौलो हजार दिनका सुत्केरी, गर्भवती महिलाहरु र बालबालिकाहरुलाई कुपोषण हुनबाट बचाउन सचेतना कार्यक्रम फैलाएको रुकुमकोट ५ कि महिला स्वयसेवीका मधुदेवी गौतमले जानकारी दिईन । उनले भनीन, ‘ सुनौलो हजार दिनका महिला तथा बालबालिकाहरुमा कुपोषण हटाउन ‘हरेक बार, खाना चार’ कार्यक्रमको अभियान सञ्चालन गरेको जानकारी दिएकी छिन् ।
विशेषगरी गर्भवती र सुत्केरी महिलाका साथै सुनौला हजार दिनका बालबालिकाहरुमा देखा पर्ने कुपोषण न्यूनीकरण गर्न हरेक दिन अन्न, गेडागुडि, हरियो सागपात, पहेला फलफुल र माछा, मासु अण्डा खान प्रेरित गरेको रुकुमकोट ५ कि स्थानीय महिला सन्ध्या शाहले जानकारी दिएकी छिन् । यसका साथै सुनौलो हजार दिनका महिला र बालबालिका स्वास्थ्य, सरसफाई र पोषण सम्वन्धी कार्यक्रम सञ्चालन गरेको छ । यस अन्र्तगत नमूना कृषकहरुलाई तरकारी बीउ वितरण, कुखुरा वितरणका साथै तरकारी बाली सम्वन्धी तालिम, पोशिलो जाउलो प्रर्दशनी, समेत प्रदान गरेको छ । युएसआईडी रुकुमको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालन गरेको सुआहारा कार्यक्रम रुकुमको २९ गाविसमा सञ्चालन भएको छ । पहिलो चरणको कार्यक्रम यहि मार्च देखि सकिदै छ रुकुम जिल्लामा सुआहारा कार्यक्रम गरेको कार्यक्रम र यसको प्रभावकारीता बारेमा तयार पारेको एक रिर्पोट ।
गर्भजाँच गर्ने बढे
पूर्वी रुकुमको रुकुमकोट गाविसमा गर्भजाँच गर्ने महिलाहरु संख्या वढेको छ । गत वर्षको तुलनामा यस वर्ष गर्भवती महिलाहरुले गर्भजाँच्च गर्ने क्रम बढेको रुकुमकोट ५ कि स्थानीय स्वयसेवीका तृष्णा सिंहले जानकारी दिएकी छिन् । उनका अनुसार– ‘रुकुमकोट गाविसमा करिव दश महिना अघि सञ्चालन गरेको सुआहारा कार्यक्रमले सुनौलो हजार दिनका महिलाहरुलाई जनचेतना मूलक कार्यक्र सञ्चालन गरेपछि गर्भ जाँच गर्ने क्रम वढेको हो ।’ पहिले गर्भ जाँच गराउदा लाज मान्ने महिला समेत ४ पटक सम्म गर्भ जाँच गरेका छन् । भने अस्पतालमै सुत्केरी बनाउने र बच्चाहरुलाई खोपको मात्र पुरा लगाउन समेत सुआहारा काय क्रमले सहजीकरण गरेको पाईएको छ ।
गन्ध आउन छोड्यो ‘आइरण चक्की’
रुकुमकोट ५ कि कल्पना रोका दुई सन्तान कि आमा हुन् । उनले कहिलै पनि आइरण चक्की सेवन गरेनीन । स्वास्थ्य संस्थामा जाँदा पटक– पटक आइरन चक्की स्वास्थ्यकर्मीले दिएपछि घरमा त ल्याईन । तर कहिल्यै सेवन गरेनीन् । विशेषगरी आइरण चक्कीको महत्व नवुझदा उनलाई सधै गन्ध आउने गर्दथ्यो । तर सुआहारा कार्यक्रमले यसको महत्वको बारेमा समूह छलफल बनाएपछि उनको चेत खुल्यो भने आइरन चच्की बासना उान थालेको छ । पहिलो दोस्रो गर्भमा आइरण चक्की नखाएको उनले अहिलेको तेस्रो गर्भमा आइरन चक्की नियमित खाएको जनाएकी छिन् । जसले गर्दा न त उनको गर्भमा आइरन चक्की चाचिएको । न त उनलाई कुनै अप्ठेरो नै रह्यो । पहिलो र दोस्रो बच्चा भन्दा आफु र वच्चा यसपटक राम्रो भएको जानकारी दिएकी छिन् । आइरन चक्की सेवन गरेको कारण यसपटक कमजोरीको महसुस नभएको समेत जानकारी दिईन । उनका अनुसार – ‘सुआहारा कार्यक्रमले अनपढ महिलाको चेत खुलेको छ ।’ अहिले सबै महिलालाई आइरन चक्की खान सल्लाह समेत दिन थालेकी छिन् ।
पोशिलो जाउलो खुवाउन सल्लाह दिन्छु
रुकुमकोट ५ कि ४० वर्षिय विष्णुदेवी देवकोटा छोरा छोरीलाई विष्कृट, चेक्लेट र चाउचाउको नास्ता खुवाउथिन । बच्चा रुयो कि पसलमा जाने र विष्कुट चाउचाउ ल्याएर बच्चा फस्ट्याउने गर्दथिन । चाउचाउ विष्कुट पाएपछि छोरो छोरी पनि रुन छोड्थे । तर जति विष्कुट, चाउचाउ र चक्लेट खाएपनि बच्चा कहिले पनि मोटाएन । बरु दाँत किराले खाए र जडिसको समस्या समेत देखिन थाल्यो । तर बल्ल अहिले कारण थापाईन । बजारमा पाईने गुणस्तरहिन सामाग्री खुवाउदा यस्तो समस्या हुने गर्दो रहेछ । सुआहारा कार्यक्रम मार्फत पोशिलो जाउलोको बारेमा जानकारी पाउदा उनले विष्कृट, चाउचाउले बच्चाको स्वास्थ्यमा असर थाहा पाएकी हुन् । अहिले उनी आफ्नो नाती नतिनालाई पोशिलो जाउन बनाएर खुवाउछिन् भने बुहारीलाई समेत त्यसै भन्छिन । पोशिलो जाउलोले बालबालिकोको छिट्टै वृद्धी विकास हुने गरेको उनले जानकारी दिएकी छिन् । उनले भनीन, ‘सवै वच्चालाई घरायसी सामाग्री, मकै, भटमास,चना, चामललगायतको मिश्रणबाट पोशिलो जाउलो वनाई खुवाउनु सल्लाह दिन्छु – देवकोटाले भनिन । ’
ज्यान जोगाउदै ‘हितकोष’
रुकुमकोट गाविसका सुत्केरी र गर्भवती महिलाहरुको ज्यान ‘हितकोष’ले बचाएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुले मासिक एक सय रुपैयाका दरले जम्मा गरेको रकमबाट केही समस्या भएमा हितकोषको रकम प्रयोग गरी सुनौला हजार दिनका महिता तथा बालबालिाकाको ज्यान जोगाउन यसको प्रयोग गर्ने गरेको रुकुमकोट ५ कि स्वास्थ्य आमा समुहकी अध्यक्ष विष्णु देवकोटाले जानकारी दिइन् । उनले भनिन, हितकोषले साहँुको दैलो चाहार्नु पर्ने बाध्यता टरेको छ । भने समयमा सुनौला हजार दिनका महिला र बालबालिकाको उपचार भएको छ । भने एक वर्षमा हितकोषबाट लिएको व्याज सहित फिर्ता गर्नु नियम रहेको छ । गाउँमा चलन चल्तीको भन्दा हितकोष रकमको ब्याज सस्तो रहेको स्थानीय महिलाहरुले जानकारी दिएकी छिन् ।
दुर्गमगाउँमा लोकप्रिय बन्दै ‘सुआहारा’ कार्यक्रम

Tag: विविध
No comments: