रुकुममा चरेश सहित २ जना पक्राउ भएका छन् । फागुन २० गते रुकुमबाट काठमाण्डौं जादै गरेको ना. ५ ख २३९८ नम्वरको बसका यात्रु डोल्पा सर्मी गाविस ३ का २५ वर्षका देवीदत्त वुढा ७ सय ग्राम लागु औषध चरेश सहित पक्राउ परेका छन् । भने सोही दिन जिल्ला रुकुम तकसेरा गा.वि.स.वडा न ६ घर भई हाल मु.न.पा.१ पातुखोला बस्ने दिपक बुढा ७९.४३ ग्राम लागु औषध चरेश सहित पक्राउ परेका हुन् । उनले आफ्नो कोठामा चरेस लुकाईछिपाई राखेको छन भन्ने सुचनाका आधारमा प्रहरी खटाई निजको कोठा तलासी लिने क्रममा ७९.४३ ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुवै जनालाई आईबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । देवीदत्त वुढालाई दुवै जनालाई लागुऔषध ऐन २०३३ बमोजिम ६ महिना देखी २ बर्ष सम्म कैद र २ हजार देखी १० हजार रुपैया सम्म जरीवाना हुने जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिएका छन् । भने दिपक वुढालाई लागु औषध ऐन २०३३ बमोजिम १ महिना देखी १ बर्ष कैद वा १ हजार देखी ५ हजार सम्म जरीवाला हुने जनाएको छ ।रुकुम जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियानका साथ जिल्ला प्रहरी कार्यालय रुकुम लागु औषध नियन्त्रण तथा फडानी अभियानमा सक्रिय रहेको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: