एजेन्सी। विगबोस-५ बाट भारतिय मनोरञ्जन क्षेत्रमा प्रवेस गरेकी पोर्न स्टार सन्नी लियोनले जिस्म , रागीनी एमएमएस-२ हुँदै अहिले वान नाइट स्ट्याण्ड नामक सेक्स थ्रिलर चलचित्रमा देखिएकि छिन् । चलचित्र अप्रिल महिनामा रिलिज हुदैछ । पछिल्लो समयमा चलचित्रका केही तस्विरहरु पनि ईन्टरनेटमा चर्चित छन् ।
कुनै समय ईन्टरनेटमा सबै भन्दा बढी खोजिने पात्र रहेकी लियोन अहिले पनि युवा वर्गको खोजीको सुचीमा माथि नै पर्ने केही खोजहरुले देखाएका छन्।अहिले नयाँ फोटोहरुको कारणले सन्नी चर्चामा रहेकी छिन्। उनको चर्चाले गर्दा भारतिय चलिचत्र उद्योगमा अरु नायिकाहरुलाई गाह्रो परिरहेको पनि बताईन्छ।

सन्नीले आफ्नो पुरानो पोर्न स्टारको ईमेजले भारतिय चलिचत्रमा फाईदा गरेको र पोर्न स्टार भएकोमा कुनै पश्चाताप पनि नरहेको बारम्बार बताउँदै आएकी छिन्।‘एडल्ट फिल्म’ की नायिका सन्नी लियोनको वास्तविक नाम भने करिन मलहोत्रा रहेको वताइएको छ।

‘एडल्ट फिल्म’मा समलैङिगक भुमिकामा देखिने उनले सन् २००८ देखि भने पुरुष कलाकारको विपरित भुमिकामा देखिने गरेकी छन्।क्यानडाको सार्नीया ओन्टेरियोमा जन्मिएकी लियोन १५ वर्षको उमेर हुँदा उनको परिवार अमेरिका वसाइ सरेको थियो।
उनको मातापिता भने भारतबाट त्यहाँ पुगेका हुन्। पोर्न स्टारका पछिल्लो समयमा केही नयाँ तस्विरहरु चर्चामा रहेका छन्।









No comments: