एजेन्सी । बेलायती टेलिभिजन स्टार साम फेरिसलाई हालैमा आफ्ना नजिकका साथीहरुका साथमा स्पेनको आईबिजा द्धवीपस्थित एक समुन्द्री तटमा निकै प्रफुल्ल मुद्रामा देखियो । २५ वर्षीया सामले आफ्ना साथीका साथमा त्यहाँ जमेर मस्ती गरिन् ।
‘पिंक’ रंगको बुट्टेदार बिकिनीमा सामलाई सो अवसरमा निकै सुन्दर देखिएको थियो । चर्को घामकाबीच साम लगायतले समुन्द्रमा अत्यन्तै उल्लासपूर्ण समय ब्यतित गरे । रियालिटी टिभी स्टार सामलाई उनका सह कलाकर जोय एक्सेस उनीसँग अलग भएपछि आईबिजा द्धवीपमा आयोजित एक पार्टीमा खुलेर मज्जा लुटिरहेकी देखिएको हो ।







No comments: