प्रवीर ददेल
बैशाख १९, रुकुम । आठविसकोट – ३ दाँजेका कलिभान नेपाली घरको तल्लो तलामा सिलाईकटाई गदै थिए । एक्कासी घरबाट धुवाको मस्लोसँगै आगोको दन्को छुटेछ । छिमेकीको हल्लाखल्लापछि बाहीर निष्कीए । त्यति बेला सम्म घरको आधाभाग खाइसकेको बताए । बाहिर निष्कीएर हेर्दा मेरो घरबाट सुरु भएको आगोले हेर्दा हेदैं गाउँ नै सखाप पा¥यो ।
कोही कसैले केही निकाल्न पाएनौं हाम्रो सारा सम्पती खरानी भयो । बल्लतल्ल आगोबाट ज्यान जोगाऔं । तर अहिले गाँस बासको समस्या भइरहेको छ । छिमेकीको घरमा शरण लिएर बसेका छौं । कपडाको नाममा शरिरमा भएको मात्र बाँकी थयो । कहि कतैबाट राहत नपाएको अग्नीपीडितहरुले जनाएका छन् । गत बैशाख १४ गते भएको घटना हो । आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । भने ११ परिवार विस्थापित भएका छन् । बालवालिकाको विचल्ली भएको छ । आगलागी भएको करिव एक साता वित्दा सम्म कँहीकतैबाट राहत नपाएको गुनासो गरेका अग्नीपीडितहरु ।
आशै आशमा अग्नीपीडित

आगलागीबाट सम्पूर्ण सम्पती नष्ट भएका आठविसकोट दाँजेगाउँका दलित परिवार अझै राहतकै आशमा छन् । सरकारी तथा गैर सरकारी संघ संस्थाको राहतको आशमै उनीहरु बसी रहेका छन् । गाउँमा कुनै नयाँ मान्छे जाँदा टुलुटुलु उनीहरु तिर हेर्छन र बर्बर आशु झार्छन । आफ्नो समस्या बताउँछन् । तर अहिले सम्म गाविस कार्यालय आठविसकोट वाहेक कुनै पनि सरकारी तथा गैर सरकारी कार्यालयहरु अग्नीपीडित गाउँमा पुगे छैनन् । भने राजनैतिक दलहरु पुगेर सहानुभुति प्रकट गरेको अग्नीपीडित चन्द्रबहादुर वि.क.ले जनाकारी दिएका छन् । उनले भने, , नेपाली कांग्रेस, एमाओवादी र एमालेका कार्यकर्ताहरु आएका थिए । एमाओवादीले प्रति परिवार रु ५ हजार रुपैयाँ प्रदान गरेको समेत जनाए । तर बैशाख १६ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरकारी तथा गैरसरकारी टोली गाउँमा पुग्ने र समस्या बुझ्नलान भन्ने उनीहरुलाई लागेको थियो । तर जिल्लाको टोली दुर्गम भन्दै आधाबाटा बाटै फर्किने भएपछि अग्नीपीडितहरुलाई नै आठविसकोट गाविसको खारखारेमा राहत वितरण गरे र फर्किय । उनीहरुले ल्याएको राहत सामाग्रीहरु समेत हामीले अझै पाएका छैनौ । खारखारेमा थन्कीएको छ भन्ने सुनेका छौ अग्नीपीडित गिता नेपालीले जानकारी दिएकी छिन् ।
आधाबाटोमै थन्कीयो सरकारी राहत

गत बैशाख १४ गते आठविसकोट गाविस वडा नं ३ दाँजेगाउँमा आगलागी भएको खबर आएपछि जिल्लाका राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयहरु तातिए । जिल्लामा सरदरमुकाम खंलगामा राहत सामाग्रीहरु संकलन गरेर बैशाख १६ गते विहान ५ वजे नै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यको नेतृत्वमा ५ जनाको टोली अग्नीपीडित क्षेत्रमा लागे । तर दुर्गम र टाढा भएको कारण उनीहरु गाउँ पुग्न सकेन् । र अग्नीििपडतहरुलाई आधा बाटोमै बोलाएर राहत दिएको स्थानीयले जनाए । सबै जना त्यस क्षेत्रमा पुग्न नसकेपछि जिल्लाबाट आएको राहत सामाग्री आधाबटै थन्कीएको छ । आठविसकोट गाविस – ३ कै खारखारे स्थित कृष्णबहादुर विष्टको घरमा ३० किलोग्रामको ९ कट्ठा चामल, ३० किलोको १ कट्ठा दाल, र १ कट्ठा नुन थन्कीएको जनाएको छ । राहत सामाग्री वितरणमा
मानो पिठो जुटाउदंै छिमेकी

आठविसकोट गाविसको वडा नं–३ दलित बस्तीमा आगलागीका कारण १० घर जलेर पूर्ण क्षती भएपछि ११ परिवार विस्थापित भएका छन् । उनीहरु अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन् । आगलागीका कारण गाँस, वासँ, कपासलगायत सम्पूर्ण सम्पतीको नष्ट भएपछि अग्नीपीडितहरुको समस्याले अग्नीप्ििडतहरुलाई मात्र हैन छिमेकीलाई समेत पोलेको छ । जसका कारण छिमेकीहरु अहिले अग्नीपीडितको लागि मानो पिठो जुटाएर राहत संकलन गरिरहेका छन् । आठविसकोटका वडा नं ३, ४ र ५ वडाका सम्पूर्ण परिवारले खाद्यान्न, लत्ताकपडा, भाडाकुडा र नगत पैसा जुटाउन अभियान नै सञ्चालन गरेका छन् । उनीहरुले स्वछिक रुपमा प्रति परिवार २ पाथी खाद्यान्न देखी १० पाथी सम्म संकलन गरेका छन् । भने पैसा समेत जम्मा गर्न थालेको जनाएको छ । यसका साथै छिमेकीहरुले रु ५ सय रुपैया देखी ५ हजार रुपैयाँ सम्म अग्नीपीडितको लागि सहयोग गरेको स्थानीयवासीले जनाएका छन् । भने लत्ताकपडा, भाडाकुडा समेत प्रदान गरेको जनाएको छ ।
किताब कापी सबै जले

आठविसकोट ३ दाँजेकी पविता वि.क. कक्षा ९मा पढ्छिन् । अहिले उनी अहिले विद्यालय जादैनीन् । बैशाख १४ गते भएको आगलागीमा उनका किताव, कापी, कलम, स्कुले ड्रेस जलेपछि उनी विद्यालय नगएकी हुन् । छर छिमेकका सम्पूर्ण साथीहरु विद्यालय जाँदा उनको मन रुन्छ ।
कपडाको नाममा शरिरमा लगाएको कपडा बाहेक अरु केही नभएको उनले जानकारी दिएकी छिन् । उनीसँगै आठविसकोट गाविस– ३ को दलित बस्तीका ३० जना बालवालिकाहरु विद्यालय गएका छैनन् । विशेषगरी सम्पूर्ण शैक्षिक सामाग्री जलेर नष्ट भएपछि उनीहरु विद्यालय नगएका हुन् । उनीहरुले शैक्षिक सामाग्रीको माग गरिरहेका छन् । उनीहरुको शिक्षा दिक्षाा सहयोग गर्न रेखदेख साप्ताहिक परिवार समेत हार्दिक अपिल गर्दछ ।
No comments: