Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » ‘घटना सम्झदै रुन्छन् पीडितहरु’


प्रवीर ददेल
बैशाख २३, रुकुम । शुक्रबार विहान ११ बजे  रुकुम रुँघा – ३ की चन्दी पुन स्थानीय शान्ति समिति कार्यालयमा पुगिन् । जव उनले आफ्नो  श्रीमानलाई मारेको दिन सम्झीन् तव उनले आफूलाई समाहल्न सकिनन्  र धुरु धुरु रुन थालिन  र भनिन्  श्रीमानको हत्या गर्ने  हत्यारालाई कारवाही हुन्छ त ? तीनीहरुलाई कारवाही होस् भन्दै रुन थालेपछि स्थानीय शान्ति समितिमा पुगेका अन्य द्धन्द्धपीडितहरुको समेत भावविहोल भएर आ –आफ्ना आफ्न्तहरुलाई सम्झदै रुन थाले ।  नजिकै बसेका भलाक्चा – ५ का नरबहादुर ओली घटना सम्झदै बर्वराउन थाले हामीलाई रुवाउनेलाई  रुवाउनु ‘भगवान’ ! पुनको श्रीमान नदिराम पुनलाई  तत्कालिन विद्रोही नेकपा माओवादीले वि.स. २०५६ माघ २० गते हत्या गरेको थियो ।  भने ओलीलाई २०५६ साल फागुन ११ गते राज्य पक्षबाट मर्नासन्न गरी कुटपिट गरेको जनाए । धेरैवेर पुन, ओली मात्र होइन अन्य द्धन्द्धपीडित र  नजिकै बसेकी सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झा  समेत भावविहोल भईन् । आँखा भरी आशु ल्याइन् ।
विस्तारै समाहाल्लीदैं  पुन लगायत अन्य पीडितलाई सम्झाउन थालीन नरुनुहोस् घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई  कारवाही  हुन्छ र  पीडितहरुले न्याय पाउँछन् ।  भनेपछि  पीडितहरुको मुहारमा केही आशा देखिन्थियो  तर भरोसा थिएन् ।  सबै पीडितहरुले आ–आफ्ना घटना सम्झाउदै थिए । त्यतिकैमा रुकुम खोलागाउँ ३ का गोपाल शर्माले ५६ सालमा तत्कालिन माओवादीले गरेको ज्यादती र आफूले आँखा गुमाउनु परेको पीडा सुनाए । फेरी सबैका आँखा रसाए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले पहिलो पटक द्धन्द्धका क्रममा घटेका घटनाहरुलाई मेलमिलाप आयोग मार्फत टुंग्याउन २०५२ पmागुन १ गते देखी २०६३ मंसीर ५ गते सम्मका घटनाहरु संकलन गरिरहेको छ ।
 घटनाको सत्य तथ्य बुझेर पिडकलाई कारवाही र पीडितलाई न्याय प्रदान गर्ने स्थानीय शान्ति समिति रुकुमले जनाएको छ । त्यसै अन्र्तगत रुकुम जिल्लामा समेत घटनाहरु संकलन भइरहेका छन् । गत बैशाख ५ गतेबाट सुरु गरिएको घटना संकलनमा रुकुम जिल्लामा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय १३ र वेपत्ता छानविन आयोगमा ११ उजुरी परेको शान्ति समिति रुकुमका कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिएका छन् । उनले भने, दैनिकजसो पीडितहरु फारम भर्न आउनेर घटना सम्झदै रुन गरेको जनाए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग कि सदस्य मञ्चला झाले जघन्य अपराध गरेका जो सुकै ब्यक्ति कानुनी कठघरमा उभिनेर समेत जानकारी दिएकी छिन् । भने पीडितहरुले क्षतीपूर्ति पाउने झाले बताईन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले आगामी  असार २ गते सम्म उजुरी संकलन बताएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply