Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » निरक्षर हट्दैं,साक्षर बन्दै रुकुम



प्रवीर ददेल
बैशाख २३ रुकुम ।
सधै औंठे छाप लगाउने  रुकुम आठविसडाडागाउँ –३ का ५५ वर्षिय चन्द्रकला  पुन  आफ्नो नाम लेख्न थालेकी छिन् । जिल्ला शिक्षा कार्यालय रुकुमले सञ्चालन गरेको अनौपचारिक शिक्षा अन्र्तगत उनी साक्षर बनेकी हुन् । चेतनाको अभावका कारण वाल्यकालमा अक्षर चिन्न नपाएकी उनीबाट ५५ वर्षपछि निरक्षर हटेको छ । उनीले अहिले आफ्नो नामसँगै मोवाईल चलाउने, सामान्य हिसाव किताव समेत गर्न थालेका छन् । उनी मात्र होईन रुकुम खारा – ४ की लालकुमारी ओली समेत ४५ वर्ष पछि साक्षर बनेकी छिन् ।
 पुन र ओली मात्र होइन पछिल्लो समयमा रुकुम जिल्लाबाट निरक्षर हट्दै गएको छ । भने रुकुम जिल्लालाई बैशाख ३१ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी  भएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रामलाल खड्का अनुसार – ‘जिल्लाको कुल जनसंख्या २ लाख ८ हजार ५ सय ५६ जना  मध्ये करिव  ९७ दशमलव २८ प्रतिसत  जनसंख्या साक्षर  भएको  जनाए ।’ जसमध्ये पुरुष संख्या ४८ हजार ५ सय ६० जना (९८.१३) प्रतिसत र महिला संख्या ५७ हजार ६ सय ५ जना (९६.५६) साक्षर भएको जिल्ला शिक्षा कार्यालय रुकुमको तथ्याङ्कले जनाएको छ । रुकुममा अझै २ हजार ९ सय ६३ जना निरक्षर रहेको जनाएको छ । जसमा ९ सय २२ जना पुरुष र २ हजार ४१ जना महिला निरक्षर रहेको जिल्ला शिक्षा अधिकारी खड्काले जनाए ।
सारक्षर जिल्ला घोषणा गर्ने न्युनतम मापदण्ड कुल जनसंख्याको ९५ प्रतिसत जनसंख्या साक्षर भएपछि घोषणा गर्ने प्रावधान रहेको जनाएको छ । जसमा सामान्यतया १५ वर्ष देखि ६० वर्ष सम्मका जनसंख्याको लक्षित गरेको छ । सामान्यतया साक्षर बन्न नाम लेख्न सक्ने, मोवाईल चलाउने, बैंक भौचर भर्ने तथा सामान्य हिसाव किताव गर्ने हुनुपर्ने राखिएको छ । यस अन्र्तगत रुकुम जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिल्ला शिक्षा अधिकारी खड्काले जानकारी दिएका छन् ।
उनले भने,  साक्षर जिल्ला निर्माणमा  एकदर्जन भन्दा वढी संघ संस्थाहरुले समेत सहयोग गरिरहेका छन् । जसमा युएमएन रुकुम,  रुकुमेली समाज विकास केन्द्र, नेपाल जनजागरण मञ्च, मिक नेपाल, सिएसडिसी लगायतका संघ संस्थाका साथै जिल्ला विकास समितिले समेत सहयोग गर्ने जनाएको छ । फरक कला, फरक संस्कृती रुकुमेलीको शान, सभ्य, समृद्ध र साक्षर  रुकुम हाम्रो पहिचान भन्ने मुल नाराका साथ नेपालको २६ औं जिल्लाको रुपमा घोषणा हुने भएको हो । घोषणा पछि समेत निरन्तर शिक्षा लागु गरी पूर्ण साक्षर जिल्ला बनाउन समेत पहल गरिने छ ।  नेपाल सरकारले सन् २०१६ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply