औषधी खरिद प्रक्रियामा गडबढ देखिन्छ
चौरजहारी नगरपालिका वडा नं.१ रुकुममा २०३४ साल मंसिर ४ गते आमा गौरादेवी आचार्य र वुवा देवीदास आचार्यको कोखबाट जन्मीका शिव आचार्य २०४७ साल तत्कालिन शितल मा.वि.मा नेपाल विद्यार्थी संघ चौरजहारीको सचिव बनेका थिए । विद्यार्थी जिवनबाटै राजनीतिमा प्रवेश गरेका उनै आचार्य हाल शितल क्यापस चौरजहारीको अध्यक्ष समेत छन् । अंग्रेजी र मानव शास्त्रमा एमए सम्मको शिक्षा हासिल गरेका आचार्य २०७३ फागुन ६ गते मन्त्री परिषद्को स्वीकृत लिई स्वास्थ्य मन्त्रीबाट जिल्ला अस्पताल रुकुमको अध्यक्ष पदमा नियुक्ती भएका छन् । उनै आयार्यसँग जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र विद्यामान समस्या र त्यसको सावधानको बारेमा रेखदेख साप्ताहिको लागि सम्पादक प्रविर ददेलले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
१) रुकुम जिल्लाको स्वास्थ्यको अवस्था कस्तो खालको छ ?
(रुकुम भौगलिक रुपमा पिछडीको जिल्लाको रुपमा नेपालको मानचित्रमा हेर्ने गरिन्छ । जस्तो कि नेपालको स्वास्थ्य क्षेत्र शिक्षासँग पनि जोडेर हेर्ने गरिन्छ । शिक्षाको कमीको कारण गर्दापनि दुरदराजका मान्छेहरु अहिले पनि सहज रुपमा स्वास्थ्य सेवा नपाएको अवस्था छ । यो जिल्ला स्वास्थ्य र चौरजहारी सेवा क्षेत्र बाहिरका जनताहरुको अवस्था यस्तो हो । जिल्ला अस्पताल रुकुम पनि अहिले सम्म १५ शैयाको मात्र रहेको छ । यहाँको जनसंख्या र विरामीको चाँप हेर्दा खेरी यो एकदमै न्युन हो । अहिले पनि जिल्ला अस्पताल रुकुमले एसट्रा बेड राखिर उपचार गराई राखेको अवस्था छ । जिल्लाको भौगलिक विगटता, स्वास्थ्य सेवाको अभावका कारण यहाँ जनताहरु नेपागञ्ज र काठमाण्डौं लगायतका शहरमा उपचार गर्न जान बाध्य रहेका छन् । मलाई लाग्छ रुकुमेली जनताहरु स्वास्थ्य सेवा सहज रुपमा पाउन सकेका छैनन् ।
२) जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि तपाईका योजनाहरु के छ ?
( पहिलो कुरा त जिल्लाको मुटको रुपमा रहेको जिल्ला अस्पतालको सुधार गर्ने मेरो लक्ष्य रहेको छ । जस्तो की २ लाख भन्दा वढी जनसंख्या रहेको रुकुम जिल्लामा अहिले पछि १५ शैयाको अस्पताल हुनु भनेको एकदम न्युन हो । भलै जिल्ला स्वास्थ्य कार्याल रुकुमले २३ बेड सम्म सञ्चालन गरेको छ । तर त्यसलाई वढाएर म ५० शैयाको रुपमा स्तर वृद्धि गर्नु मेरो मुख्य लक्ष्य तथा योजना नै हो । यसका साथै जिल्लाका सवै स्वास्थ्य संस्थाको स्तर वृद्धि गर्नु, औषधीको अभाव हुन नदिनु र स्वास्थ्यर्की संस्थामा बस्ने वातावरण मिलाउनु मेरो योजना भित्रै छन् । विशेषगरी स्वास्थ्य क्षेत्रमा उपचार गर्नु मात्रै हैन् । स्वास्थ्य केहो ? यसको बारेमा जनचेतना फैलाउनु उतिकै महत्वपूर्ण विषय हो । यसका साथै रोग लागेपछि के गर्नुपर्छ भन्ने शिक्षा दिनपनि उत्तिकै जरुरी छ । त्यसलाई गाउँ तहसम्म पु¥याउन म पहल गर्ने छु । अर्को कुरा नेपालको संविधानले पुराना संरचनाहरु भंग गरेर नयाँ संरचना कायम गरेको अवस्थामा मलाई लाग्छ जिल्लाका सबै गाउँपालिका नगरपालिका र वडापालिकाका जनताहरु माझ स्वास्थ्य सेवा पु¥याउन क्षेत्र र केन्द्रसँग समन्वयमा म पहल गर्ने छु । साथै सम्पूर्ण गाउँपालिकामा सहज रुपमा स्वास्थ्य सेवा पुग्नेछ ।
३) नेपाल सरकारले निशुल्क रुपमा व्यवस्था गरेका औषधीका प्रकारहरु जिल्ला अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थामा पाईदैन, भन्ने जनगुनासो लाई यहाँले कसरी हल गर्नुहुन्छ ?
(हो नेपाल सरकारले ८० प्रकारका औषधी निशुल्क दिने घोषणा गरेको छ । तर विडम्वना नै भन्नु पर्छ जनताहरुले यसको उपभोग गर्न पाएका छैन् । विशेषगरी खरिद वितरण प्रणालीमै गडवढ देख्छु । जस्तो कि अस्पतालले औषधी खरिदको लागि टेण्डर गर्छ । टेण्डर प्रक्रिया परेको कम्पनीले औषधी खरिद गर्न ६ महिना लगाईदिन्छ । यसले नै समस्या बनाएको हो । अर्को कुरा वितरण कम्पनीहरुले न्यून दररेटमा टेण्डर हाल्ने र समयमा औषधी पु¥याउदैनन् यो पनि समस्याकै विषय हो । औषधी खरिद र वितरण प्रणालीलाई कसरी सुधार गर्ने भन्ने विषयमा मैले छलफल चलाएको छु । विशेषगरी पूर्व अस्पताल विकास समितिका अध्यक्षहरुसँग पनि मेरो कुरा भएको छ । अर्को कुरा डाक्टरसँग र औषधी उत्पादन तथा वितरण कम्पनीसँग पनि छलफल चलाएर यसको समस्या हल गर्न सकिन्छ भन्ने मेरो बुझाई रहेको छ । म त्यही अनुरुप नै काम अगाडि वढाउछुँ ।
४) औषधी खरिदमा हुने भ्रष्टचार र घोटलाका कुरा बेला बेला बाहिर आउने गर्दछ । यस विषयमा तपाईको धारणा के छ ?
(हो यो कुरा बेला(बेला बाहिर त आउँछ । तर पनि यसविषयमा म जानकार छैन् । किनभने अस्पतालसँगको सहकार्य मेरो पहिलो हो । तरपनि म अस्पताल विकास समितिको अध्यक्षको हैसियतले कुरा गर्दा पहिलो कुरा पार्दशिता नै हो । मैले अहिले सबै शाखाका डाक्टरहरुसँग बसेर जिल्ला अस्पतालबाट हुने क्रियाकलापलाई कसरी पार्दर्शिता बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । त्यसका लागि एउटा सूचना केन्द्र स्थापना गर्न खोजेको छु । तर अहिले पनि नामको सूचना केन्द्र त छ त्यसलाई सुधार गरेर कामको सूचना केन्द्र बनाउने छु । त्यसमा सबै जानकारी राखिन्छ । पहिलेको जस्तो घोटला र भ्रष्टचार म हुन दिदैन् । त्यस्तो भएको पाएमा मिडियामा ल्याएर सम्वन्धीतलाई कारवाहीको लागि पहल गर्नेछु ।
५) डाक्टरको व्यवहारले विरामीको आधा रोग निको हुन्छ भन्छन् । तर जिल्ला अस्पताल रुकुमका डाक्टरहरुले विरामीहरु प्रति घृणित व्यवहार गरेको विगत देखिएको सुन्न आउँछ । यस्तो के कारणले हुन्छ होला ?
(पेशाको हिसावले डाक्टर पेशा सम्मानित हो । सामान्यतया विरामी भएको बेला मान्छेको मन मष्तिक कमजोर भएको हुन्छ । त्यस्तो वेला डाक्टरहरुले सहानुभुती राख्नै पर्छ । त्यसैलाई भनिएको डाक्टरको व्यवहारले आधा रोग निको हुन्छ । तर त्यहाँका सहायक स्तरका कर्मचारीको कारणले डाक्टरहरु रिसाएको जस्तो मलाई लाग्छ । डाक्टरले सहयोगीहरुलाई औषधी लगायतका उपकरहरु ल्याउन पठाउदा उनीहरुको ढिला सुस्तीका कारण डाक्टरहरुको व्यवहार त्यस्तो देखिएको हुनु पर्दछ । विरामीले डाक्टरलाई भगवानको रुपमा हेर्ने भगवानले पनि विरामीलाई डिसाइबलको रुपमा हेर्ने वातावरण सिर्जना छिट्टै हुन्छ ।
६) रुकुम जिल्ला १८ औं खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । र सिङ्गो रुकुम सन् २०२० भित्र पूर्ण सरसफाई युक्त जिल्ला निर्माणको प्रक्रियामा लागेको छ । तर जिल्ला अस्पतालमा फोहरमैला व्यवस्थापन हुन सकिरहेको छैन् नी है ?
(रुकुम जिल्ला सरसरफाई युक्त जिल्ला घोषणा भएसँगै जिल्ला अस्पतालमा विरामीको चाँप घटेको छ । तर जिल्ला अस्पतालमा केही फोहरमैला व्यवस्थापन हुन नसकेको सत्य हो । विशेषगरी जिल्ला अस्पताल रुकुमको कमजोर व्यवस्थापनका कारण त्यो समस्या भएको मैले बुझेको छु । यसको सुधार पनि छिट्टै हुन्छ ।

Tag: All स्वस्थ्य समाचार
No comments: