रेखदेख
संवाददाता . चैत ११ रुकुम । नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग
रकम जुटिरहेको छ । करिव एक दशक देखी
अलपत्र बनेको भवन निर्माणको लागि सहयोग जुटेको हो । गत आर्थिक वर्षमा जिल्ला
विकास समितिको रु ५ लाख रुपैयाँबाट निर्माण सुरु गरेको भवनमा पछिल्लो समयमा झण्डै रु १५ लाख रकम जुटेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयबाट रु ५ लाख, रुकुम क्षेत्र नं २ का सांसद तथा उर्जामन्त्री जर्नादन
शर्माबाट रु ४ लाख, रुकुम
क्षेत्र नं १ का सांसद तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनबाट रु ४ लाख र समानुपाती सभासद तथा खेलकुद मन्त्री दलजित श्रीर्पालीबाट
रु १ लाख रुपैयाँ सहयोग जुटेको छ । यसका साथै मुसिकोट नगरपालिकाको चालु आर्थिक वर्षको रु १ लाख गरी जम्मा १५ लाख
रुपैयाँ जुटेको नेपाल पत्रकार महासंघ रुकुमका कोषाध्यक्ष प्रविर ददेलले जानकारी
दिएका छन् । उनका अनुसार ( ‘नेपाल पत्रकार महासंघ रुकुमको भवन निर्माणमा रुकुमका
उद्योगी व्यापारीले समेत सहयोग गर्ने जनाएका छन् ।’
२०६४ सालमा तत्कालिन नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव तथा हालका
अध्यक्ष डा. महेन्द्र विष्टले शिलान्यास गरेको भवन १० वर्षपछि काम सुरु गरिएको छ ।
आर्थिक अभावका कारण अलपत्र बनेको नेपाल पत्रकार
महासंघको भवन छिट्टै निर्माण हुने नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विक
चिन्तनले जानकारी दिएका छन् । महासंघको भवन निर्माणका लागि गत फागुन ११ गतेको
मन्त्री स्तरिय वैठकले सूचना तथा सञ्चार मन्त्रायबाट रकम सहयोग भएको छ । २०६१ सालमा नेपाल पत्रकार महासंघको शाखा स्थापना भएपनि
आफ्नै भवन नहुँदा भाडामा कार्यालय सञ्चालन भैरहेको छ । नेपाल पत्रकार महासंघ
रुकुमको भवन निर्माणमा सहयोग गर्न सरकारी तथा गैरसरकारी कार्यालयका साथै उद्योगी
व्यापारीहरुलाई समेत आग्रह गरिएको छ । भने सहयोगी व्यक्ति तथा निकायको नाम पत्रकार महासंघको नवनिर्मित भवनमा शिलालेख मार्फत राखिने अध्यक्ष चिन्तनले बताए ।
No comments: