Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » रेखदेख सम्पादक पुरस्कृत

रेखदेख संवाददाता
साउन ३१ रुकुम । रेखदेख साप्ताहिक रुकुमका प्रकाशक÷सम्पादक प्रविर ददेल पुरस्कृत भएका छन् । नेपाल सरकार शिक्षा विभाग र पत्रकार महासंघ द्वारा स्थापित प्रदेश नं. ६ अन्र्तगत शिक्षा लेखनवृत्ति २०७३ बाट सम्पादक प्रविर ददेल पुरस्कृत भएको नेपाल पत्रकार महासंघका सचिव उजिर मगर जानकारी दिएका छन् ।
मोफसलमा रहेर एक दशक लामो पत्रकारिता गरेका  युवा पत्रकार ददेल रुकुमबाट मुलधारका  विभिन्न सञ्चार माध्यममा क्रियाशिल रहदै आएका छन् ।
ददेल रुकुम जिल्लाको आर्थिक, सामाजिक, विकास, पर्यटक, सहकारी, र शिक्षा लगायतको  क्षेत्रमा कलम चलाउदै आएका छन् । पत्रकार ददेलले यस अघि पनि विभिन्न संघ संस्थाले प्रदान गर्ने विभिन्न विधाका सम्मान तथा पुरस्कार  प्राप्त गरेका छन् । सम्पादक ददेल नेपाल पत्रकार महासंघ रुकुमका कोषाध्यक्ष हुन् । भने आर्थिक अभियान दैनिक र हिमाल खवरपत्रिका साप्ताहिकमा समेत रुकुमबाट रिर्पोटिङ गर्ने गरेका छन् ।  नेपाल पत्रकार महासंघर शिक्षा विभागले एक कार्यक्रमको आयोजना गरी शिक्षा पत्रकारिताबाट पुरस्कृत सबैजनालाई नगत सहित सम्मान पत्र वितरण गर्ने जनाएको छ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply