Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » पूर्वी रुकुममा मतपेटीका हेलिकप्टेरबाट ढुवानी

फाईल तस्वीर ः रेखदेख

प्रविर ददेल
मंसिर १२, रुकुम ।
पूर्वी रुकुमका  दुर्गम मतदान केन्द्रका मतपेटीकाहरु हेलिकप्टेरबाट ढुवानी गरिएको छ । मंगलबार पूर्वी रुकुमका दुर्गम गाउँबाट मतपेटीकाहरु हेलिकप्टेर मार्फत  ढुवानी गरिएको हो ।  पूर्वी रुकुमका दुर्गम  ४ मतदान केन्द्रहरुबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘पुथा उत्तरगंगा गाउँपालिका अन्र्तगतका  प्राथमिक विद्यालय पेल्मा, आधारभुक्त विद्यालय रन्मामैकोट, देउराली मा.वि. हुकाम र पुथाहिमाल मा.वि. रन्मा मतदान केन्द्रबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरिएको हो ।’
पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि त्यहाँ अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो । रुकुमकोटको भिजिविलिटि स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए । रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ४ मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए ।
४२ मतदान केन्द्र रहेको पूर्वी रुकुमका सबै मतदान केन्द्रबाट मतपेटीकाहरु जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएको छ । सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको पूर्वी रुकुममा तिन गाउँपालिका मात्र रहेका छन् ।  जसमा भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा २७ हजार ९ सय २८ मतदाता रहेका थिए । जसमध्ये   १८ हजार ३९ झण्डै ६५ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालय पूर्वी रुकुमले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएका मतपेटीकाहरु रुकुमेणी  मा.वि. विद्यालयको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘मतपेटीकाको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले गर्नेछ ।’
यसका साथै राजनीतिक दलहरुको प्रतिनिधीहरुले समेत मतपेटीकाको सुरक्षा दिने छन् । विशेषगरी नेपाली कांग्रेस, बाम गठबन्धन र नयाँ शक्ति पार्टीलगायतले मतपेटीकाको सुरक्षाको लागि डियुटी दिनेछन् । मतगणना दोस्रो चरणको निर्वाचन मंसिर २१  प्छि मात्र गरिने छ । पूर्वी रुकुममा प्रतिनिधी सभाको १ जनाको लागि ३ जना र प्रदेश सभा २ जनाको लागि ६ जना प्रतिस्प्र्रामा रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply