कात्तिक १७, रुकुम ।
राप्ती अञ्चलको प्रसिद्ध मेला डिग्रे मेलामा यस वर्ष ८ लाख भक्तजनहरुले दर्शन गर्ने जनाएको छ । हरिवोधनी एकादसी देखि पुर्णीमा सम्म लाग्ने मेलामा ८ लाख भक्तजनहरुले दर्शन गर्ने श्री शाहीकुमारी मन्दिर व्यवस्थापन, पर्यटन तथा वातावरण संरक्षण केन्द्र रुकुमका अध्यक्ष शिवकुमार शर्माले अभियानलाई वताए । उनले भने, गत वर्षको तुलनामा यस वर्ष भक्तजनहरुको सख्यामा वृद्धी हुने जनाएका छन ।
गत वर्ष ६ लाख भक्तजनहरुले शाहिकुमारी भगवती मन्दिरको दर्शन गरेकोमा यस वर्ष झण्डै २ लाख वढी भक्तजहरुले दर्शन गर्ने जनाएको छ । मेलाको क्रममा मन्दिरमा ५ लाख रुपैया भेटी संकलन हुने मन्दिर व्यस्थापन समितीका कोषाध्यक्ष सुमित्रा केसीले जानकारी दिईन ।
उनका अनुसार –गत वर्ष तिन लाख रुपैया भेटी संकलन भएको थियो । त्यस्तै वोकाको वली वाट ५ लाख रुपैया संकलन हुने छ । गत वर्ष १ हजार १सय ६० वोका वलि दिएकोमा यस वर्ष वढेर २ हजार वली काटीने अनुमान मन्दिर व्यवस्थापन समितीले गरेको छ ।
डिग्रे शाहिकुमार भगवतीको दर्शन गरेमा मनोआकाक्षा पुरा हुने भएकोले जिल्लाको भक्तजहरु ल्गायत छिमेकी जिल्ला सल्यान, दाङ, वाके, जाजरकोट, सुर्खेत, वाग्लुङ, दैलेखलगायतका जिल्लावाट मेला भर्न आउने गर्दछन ।
डिग्रे मन्दिर पर्यटन तथा धार्मिक महत्व वोकेको राप्ती अञ्चलकै प्रसिद्ध मन्दिर भएकाले यस मन्दिरमा मेलाको समयमा वाहेक अन्य समयमा पनि आन्त्रिक तथा वाह्य पर्यटक आउने गरेको जिल्ला पर्यटन विकास समितीका सदस्य तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले वताए । मेलामा ५० भन्दा वढी स्टलहरु राखिने र साडे एक करोड रुपैया वरावरको कारोवार हुने रुकुम उद्योग वानिज्य संघ रुकुमका अध्यक्ष वसन्त पुनले जनाएका छन । उनले भने, होटेल, कर्षि उत्पादन वस्तु र घरेलु उत्पादन वस्तुहरुको समेत कारोवार हुने छ ।
राप्तीकै प्रसिद्ध मन्दिर डिग्रेमा ८ लाखले दर्शन गर्ने

Tag:
No comments: