Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » सामुदायीक विद्यालयहरुले परिक्षा शुल्कको नाममा लाखौ अशुली

लोकेन्द्र ओली
रेखदेख संवाददाता खोलागाउँ । नेपाल सरकारले माद्यामिक तह सम्मको पढाईको लागि कुनै पनि शुल्क लिन नपाईने भनेपनि रुकुमका अधिकासँ सामुदायीक विद्यालहरुले मनोमानी तरिकाले शुल्क उठाउन थालेका छन् ।  आर्थिक अभावका कारण देखाउदैँ रुकुमका सामुदायीक विद्यालहरुले परिक्षा शुल्कको नाममा विद्यार्थीहरुबाट  अबैध रुपमा पैसा अशुल्ने गरेको तथ्य फेला परेको छ ।
 जिल्लाका सामुदायीक विद्यालहरुले  कुनै पनि शुल्क नउठाउने भनिएपनि मनोमानी तरिकाले विद्यार्थीहरुबाट पैसा उठाउने गरेको जनगुनासो स्थानीय स्तरमा बढ्न थालेको छ । पश्चिम रुकुमको  खोलागाउँ स्रोत केन्द्रका  विद्यालयहरुले समेत विद्यार्थीहरुबाट चर्को शुल्क उठाउने गरेका छन् । जसमा कक्षा १ देखि ९ सम्मको ३० रुपैया देखि २ सय ५० रुपैया सम्म विद्यार्थीहरुबाट शुल्क अशुल गरिरहको पाईएको छ । सामुदायीक विद्यालयहरुमा कुनैपनि स्रोत नहुँदा विद्याथीबाटनै शुल्क अशुल गरेर परिक्षा सञ्चालन गर्नु परेको  जनकल्यान मा.वि. सानाखोलाका प्र.अ.झुपलाल शर्माले जनाए । उनले भने, कसरी पैसा नउठाई कसरी परिक्षा चलाउनु ? गत वर्षहरुमा स्रोत केन्द्र स्तरबाट  विद्यालहरुको आर्थिक अवस्था कमजोर भएको निर्णय गरेर शुल्क  निर्धारण गर्ने गरेपनि  यसपाली भने मनोमानी तरिकाले रकम अशुली गरेको पाइएको छ ।
यस विषयमा  खोलागाउँ स्रोत केन्द्रका स्रोत व्यक्ति अतिराम ओलीलाई बुझ्न खोज्दा जिल्ला शिक्षाको निर्णय विपरित अशुल भएको स्वीकार गरेका छन् । उनले भने, लिखीत निर्णय केही छैन्, र गर्न पनि मिल्दैन् तर विद्यालयहरुले पैसा उठाउने गरेको बारेमा आफु जानकार भएको जनाए । उनले भने, परिक्षा शुल्क अशुल गरेको गुनासो आएको र जिल्ला शिक्षा कार्यालय रुकुममा रिर्पोट समेत पठाएको जानकारी दिएका छन् । निशुल्लक शिक्षाको नाम भनिएपनि शुल्क अशुल गरेपछि जिल्लाका हजारौँ विद्याथीहरु मारमा परेका छन् ।  यस विषयमा जिल्ला शिक्षा कार्यालय रुकुममा बुझन खोज्दा
प्रश्नपत्र छपाई बजारमा
जिल्ला शिक्षा कार्यालय रुकुमले माद्यामीक तहका प्रश्नपत्रहरु स्रोत केन्द्र स्तकरका शिक्षकहरुले विद्यालयमा नै छपाई  तथा उत्पादन गर्ने भनिए पनि खोलागाउँ स्रोत केन्द्रका प्रश्नपत्रहरु बजारमा छपाई हुने भएका छन् । बजारबाट प्रश्नपत्र छपाई हुँदा प्रश्नपत्र परिक्षा अघिनै बाहिरीने सम्भावना देखिएको छ । गत वर्षहरुमा बजारमा नै प्रश्नपत्रहरु छपाई हुने  गरिपछि यसै शैक्षिक सत्रबाट  जिल्ला शिक्षा कार्यालय रुकुमले विद्यालयहरुमा (आइसीटी) कम्प्युटर शिक्षा लागु भएको हुँदा विद्यालहरुमा नै प्रश्नपत्र छपाई गर्ने भनिए पनि खोलागाउँका विद्यालयहरुले फोटोकपी व्यवसायहरुलाई टाइपिङ तथा छपाई गर्ने जिम्मा दिएका छन् । विद्यालहरुमा कम्प्युटर शिक्षा सम्वन्धी शिक्षकहरुमा समेत  ज्ञान नभएको र विद्यालयमा छपाई गर्न विद्यालयहरुले आनाकाना गरेपछि बजारका व्यवसायीहरुलाई प्रश्नपत्र छपाई गर्न लागेको प्रश्नपत्र निमार्ण समितिका संयोजक तथा सरस्वती प्रा.वि. घरेलीचौरका प्र.अ.  तिलक केसी  जानकारी दिए । उनले भने, अहिले सम्म बजारमा प्रश्नपत्र छपाई गर्दा कुनै समस्या भएको छैन् ।  यसपालि बजारमा नै छपाई गर्न लागेका छौ, केसीले भने, । खोलागाउँमा स्रोत केन्द्र अर्नगत प्रा.वि १२ वटा, नि.मा.वि. २ वटा, मा.वि. ४ वटा र उ.मा.वि.२ वटा रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply