पत्रकार दुव्र्यबहारप्रति महासंघको आपत्ती
प्रविर ददेल
साउन २२, रुकुम । समाचार संकलनमा लागि जिल्ला अस्पताल पुगेका पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको छ । शुक्रवार साँझ जिल्ला स्वास्थ्य कार्यालय ?कुममा जीप दुर्घटनाका घाईतेको अवस्था बझ्न गएका पत्रकारमाथी प्रहरीले दुव्र्यबहार गरेको पीडित पत्रकारह?ले बताएका छन् । समाचार संकलनका लागि जिल्ला अस्पताल पुगेका पत्रकारह?लाई त्यहाँ रहेका प्रहरीह?ले दुव्र्यहार गरेको प्रति शनिवार नेपाल पत्रकार महासंघ ?कुमले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । प्रेस बिज्ञप्ती जारी गर्दै दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग समेत गरिएको छ ।
प्रहरीको बलजप्तीका कारण पत्रकारह?को सञ्चार सामाग्रीमा क्षति समेत पुगेको छ । प्रहरीले नेपाल पत्रकार महासंघका सहसचिव तथा नयाँ पत्रिका दैनिकका ?कुम संवाददाता हरि गौतम, सदस्य तथा राजधानी दैनिकका ?कुम संवाददाता महेश केसी नागरिक दैनिकका ?कुम संवाददाता गणेश विक र सानीभेरी एफएमका धनकुमार शाहीमाथी प्रहरीले धडपकड गरेको विज्ञप्तीमा उल्लेख छ । विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी सहायक निरक्षक सुरेन्द्र कार्कीलगायतका प्रहरीले धडपकड गर्दा राजधानी दैनिकका ?कुम संवाददातको क्यामरा लेन्स हराएको अन्य पत्रकारह?को समेत सामाग्रीह? हराएको पीडित पत्रकारह?ले जानएको छन् ।
पत्रकार दुव्र्यवहारप्रति पेशागत संघसंगठनह?ले पनि सयुक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस सोसाइटिले सयुक्त ?पमा प्रेस बिज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा पत्रकारमार्थीे प्रहरीबाट भएको दुव्र्यहारले आफुह?को गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई तत्काल कडाभन्दा कडा कार्वाही गर्न माग समेत गरिएको छ ।

No comments: