Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » जीप दुर्घटनाबाट दुईको मृत्यु ४ घाईते


रेखदेख संवाददाता रुकुम ।
 रुकुमको मुसीकोट ८ डाँरीगाउँ कानेवाङमा जीप र्दुघटना भएको छ । सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागि छुटेको लु १ ज २६८३ नम्बरको जीप शुक्रबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तीर्थबहादुर पुन रहेका छन् । बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्ले रुकुममा मृत्यु भएको हो भने पुनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको जलेखर्कमा भएको हो ।
त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेका छन् । घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । अहिले घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । जीपको टाइरट पाइप फुटेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Nonetheless, it’s crucial to us that everyone, both novice, and expert, has a wonderful person expertise on any web site that makes it to our record. • Gaming relies on props which is exclusive in the playing business. From its name, it’s not onerous to tell that MKF is a platform that does not take itself too seriously. The web site is very light-hearted and loves to make enjoyable of itself now and then. Behind all of could also be} a|that presumably be} a} tight ship of a business run by experienced professionals. Jukka Hunkavarra, a Finnish bettor, placed a wager on 우리카지노 the Intertops on January seventeenth, 1996, successfully changing into the one to declare the world of on-line betting birthed officially.

    ReplyDelete