प्रविर ददेल रुकुम । जिल्लाका भलाक्चा र मुरु गाविसका युवाहरुले सामुहिक रुपमा बाख्रापालन ब्यवसाय सुरु गरेका छन् । कम लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि भलाक्चा र मुरु गाविसका युवाहरुले सामुहिक रुपमा बाख्रापालन सञ्चालन गरेका हुन् । उनीहरुले बाख्रापालन सहकारी संस्था गठन गरि बाख्रापालन व्यवसाय सञ्चालन गरेको जनाएको छ । रुकुम मुरु ७ का २२ जना युवाहरुले रुकुमेली बाख्रापालन समुह गठन गरि सामुहिक बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन् । करिव रु ४ लाख ८० हजार रुपैयाको लगानीमा बाख्रापालन व्यवसाय सञ्चालन गरेको रुकुमेली बाख्रापालन समुहका अध्यक्ष जर्नादन घर्तिले जनाए । उनले भने,३ लाख बरावरको खोर निर्माण र १ लाख ८० हजार रुपैयाको बरावरको ४२ वटा बाख्रा किनेर मंसिर देखि व्यवसाय सुरु गरेको जनाए । रुकुमको बजारमा मासुको मागसँगै मुल्य समेत बृद्धि भएपछि रुकुम मुरुका युवाहरु ब्यवसायीक रुपमा बाख्रापालन गरेको अध्यक्ष घर्तिले जनाए । उनका अनुसार – बाखा्रपालन व्यवसायका लागि ५ रोपनी जग्गामा घाँस खेती समेत गरिएको छ । बाख्रापलन व्यवसायबाट बार्षिक ३ लाख रुपैया सम्म कमाउने लक्ष्य रहेको रुकुमेली बाख्रापालन समुहले जनाए छ । त्यस्तै रुकुमको भलाक्चा–७ का युवाहरुले समेत बाख्रपालन ब्यवसाय सञ्चालन गरेका छन् । उनीहरुले सिर्दाथ कृषि सहकारी संस्था गठन गरी बाख्रपालन व्यवसाय सञ्चालन गरेका हुन् । रु ७ लाख ३५ हजार लगानीमा क्रश जमुनापारी, अजमरी, बारवरीजातका ४५ वटा बाख्राबाट सुरु गरिएको व्यवसाय फस्टाएर ६५ वटा बाख्रा पुगेको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले जनाए । उनले भने, ४१ शेयर सदस्यले शेयर रकम जम्मा गरि बाख्रपालन व्यवसाय सुरु गरेका जनाएका छन् । ५ वर्ष अगाडि घाँस खेती गरेर ब्यवसायीक रुपमा बाख्रापालन गरेको सहकारी संस्था सचिब कृपराम खड्काले जनाए । जिल्लामा पहिलो पटक नीजि क्षेत्रको लगानीमा गरिएको बाख्रापालन व्यवसायको जिल्ला स्थित सरोकारवाला निकायले शनिबार अनुगमन गरेका छन् । रुकुम उद्योग वानिज्य संघ अन्र्तगत किसानको लागि बीउ विजन कार्यक्रम पहलमा अनुगमन गरिएको थियो । अनुगमनमा रुकुम उद्योग वानिज्य संघका पदाधिकारी तथा कर्मचारी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, पशुसेवा कार्यालय रुकुम पशु विकास अधिकृत, पशुपालन किसान, पत्रकारलगायतले अनुगमन गरेका थिए । अनुगमन कार्यक्रमको सहजीकरण रुकुम उद्योग वानिज्य संघका सदस्य बसन्त खड्काले सहजीकरण गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
प्रविर ददेल बैशाख १६, रुकुम । भुकम्पबाट डिडितलाई वितरण गर्न रुकुममा राहत संकलन गरिएको छ । बुुधवार रुकुम उद्योग वानिज्य संघ रुकुम, सिस्ने हि...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा विपन्नबालवालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक वर्...






No comments: