रेखदेख संवाददाता खारा । जिल्लाको खारा गाविस पनि निशुल्क र अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिने भएको छ । खारा गाविस जिल्लाको निशुल्क तथा अनिवार्य शिक्षा युक्त गाविस घोषणा गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा वालरोकार केन्द्र रुकुमको सहजीकरणमा र खारा गाविस कार्यालयको आयोजनामा खारा गाविसलाई निशुल्क तथा अनिवार्य युक्त गाविस घोषणा गरिएको गाविस सचिव रुद्र देवकोटाले जानकारी दिए । उनले भने, सबै वालवालिकालाई शिक्षाको मुलधारमा ल्याउन यस्तो घोषणा गर्न लागिएको छ । नेपाल सरकारले आधारभुक्त शिक्षा अन्तरगत कक्षा १ देखि ८ कक्षा सम्म निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने उद्देश्यले खारा गाविसलाई जिल्लाको तेस्रो निशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको हो । निशुल्क तथा अनिवार्य शिक्षा घोषणा कार्यक्रममलाई निवार्चन क्षेत्र नं १ का सभासद गणेशमान पुनले उद्द्याटन गरेका थिए । उद्द्याटन कार्यक्रमलाई सम्वोधन गदैँ सभासद् पुनले अनिवार्य र निशुल्क शिक्षा घोषणा सगैँ शैक्षिक गुणस्तर सुधार गर्न खारा वासीलाई अनुरोध गरेका थिए । पछिल्लो समयमा शिक्षाको गुणस्तर खस्कीएको भन्दैँ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने जोड दिएका छन् । विशेष अतिथि नेपाली कांग्रेस समानुपातीक सभासद मिठ्ठु मल्ले अन्य गाविस भन्दा खारा शैक्षिक क्षेत्रमा अगाडि वढेको यसको कार्यन्वयनमा ध्यान दिएकी छिन् । उनले थपिन, घोषणा मात्रै ठुलो कुरा होईना कार्यन्वयन पक्षमा जोड दिन खारा वासीलाई आग्रह गरेकी छिन् । कार्यक्रममा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले खारा गाविस जिल्लाको तेस्रो अनिवार्य तथा निशुल्क गाविस घोषणा गरेमा धन्यवाद दिै जिल्ला विकास समिति रुकुमले रु ५० हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा छन् । नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी सम्झौतामा भएका गरेका वाल अधिकार तथा अनिवार्य र निशुल्क शिक्षा सम्वन्धी नीनि नियम अन्र्तगत रुकुम जिल्लाको खारा गाविस तेस्रो निशुल्क र अनिवार्य शिक्षायुक्त गाविस बनेको हो । खारा गाविस अनिवार्य र निशुल्क शिक्षायुक्त गाविस घोषण भएपछि खारा गाविसका वालवालिका शिक्षा आर्जन गर्न कुनै समस्या नहुँने जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । निशुल्क तथा अनिवार्य शिक्षा युक्त गाविस घोषणा सँगै विद्यार्थी र अभिभावकहरुबाट पाठ्यपुस्तक शुल्क, भर्ना शुल्क,अतिरिक्त क्रियाकलाप शुल्क, शैक्षिक शुल्कलगायतका कुनैपनि शुल्क उठाईने छैन् । भने दण्ड रहित बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, गाविसका सबै वालवालिकाहरुमा शिक्षाको पहँच विस्तार, बाल श्रम र बाल विभेद जातियताको आधारमा अन्त्य र विद्यालय सुधार योजना र गाउँ शिक्षा योजना प्रभावकारी रुपमा कार्यन्वयन गरिने जनाएको छ । यसका साथै प्रत्येक विद्यालयमा आचारसंहिता, शान्ति क्षेत्र घोषणा कार्यन्वयन समेत प्रभावकारी रुपमा गरिने छ । खारा गाविसमा कुल विद्यार्थीमध्ये ९८ प्रतिसत विद्यार्थी विद्यालयको पहुँचमा रहेक जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
-
रेखदेख संवाददाता रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको नि...
-
३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्...
-
बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने सम...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
-
प्रवीर ददेल साउन ५, रुकुम । दैलेखकी चेली सपना शाहीले तीजको नयाँ गित बजारमा ल्याएकी छिन् । उनले तीजको नयाँ गित ‘जाउ सानु माईत जाउ’ बो...
No comments: