भिमबहादुर परियार रुकुम । नेपाल सरकार राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले सामाजिक विभेदको कारणले द्धन्द निमत्याउने सक्ने जनाएका छन् । जातीय छुवाछूत मुक्त नमुना गाविस निर्माणमा हाम्रो भुमिका विषयक मुरु गाविसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालीले यस्तो धारणा राखेका हुन् । १२ वर्षे शसस्त्र द्धन्द स्थापनाको एउटा कारण सामाजिक विभेद भएको प्रति लक्षित गदै जातीय छुवाछूत जस्तो समाजमा पुर्खौ देखि कुसस्कारको रुपमा रहेको जातीय छुवाछूतलाई व्यवस्थापन नगरे यसले देशमा ठुलो द्धन्द निमत्याने सक्ने बताएका छन् । जातीय विभेद भनेको दलित र गैर दलितको मात्र समस्या नभएर राज्य मुख्य समस्या भएको कारण राज्यले यसको व्यवस्थापन गरी सभ्य समाज निर्माणमा विशेष पहल गर्नुपर्ने दायीत्व रहेको जनाएका छन् । दलित समुदायको अधिकारको प्राप्त गर्न गैर दलितको अधिकार कटौती गर्ने भन्ने होइन, यो त नेपालमा वस्ने सम्पूर्ण जातीय धर्म संस्कृतीका मान्छेलाई ससम्मान बाच्न पाउँने अवसर प्रदान गर्नु पर्ने अवस्था रहेको अध्यक्ष नेपालले भने । अहिले सम्म दलितहरु देशका दोस्रो दर्जाका रुपमा समाजमा हेपीएका, चेपीएका र थेचिएका छन्, त्यसबाट मुक्ती पाउन जातीय विभेद विरुद्धको अभियानलाई शसक्त बनाएको स्पष्ट पारेका छन् । यस्तै रुकुमका ४ गाविस जातीय छुवाछूत मुक्त क्षेत्र घोषणा गरेर जातीय विभेदका विरुद्धका नीति नियम कार्यान्वयनमा जोड दिइएको दलित अधिकारकर्मी उपेन्द्रलाल कामीले जनाए । उनले भने, जातीय विभेद मुक्त समाज निर्माण गर्न रुकुम जिल्लालाई नै जातीय विभेद मुक्त जिल्ला बनाउन पहल गरिने छ । कार्यक्रममा दलित अधिकारकर्मी खडक बस्त्राकार, गंगाराम चनाराले जातीय विभेदलाई न्युनीकरण गर्न सबै क्षेत्रबाट एकजुट हुनु पर्ने जनाए । अन्तरक्रिया कार्यक्रममा जिल्ला बार इकाईका सचिब यज्ञबहादुर पाण्डेले जातीय विभेद सम्वन्धी भएका नीति नियमको वारेमा स्पष्ट पारेका थिए । जातीय विभेद गर्नु सार्वजनिक अपराध हो, यसको परिपालना गर्नु पर्ने नागरिक कर्तव्य रहेको जनाए । जातीय विभेद सम्वन्धी विभिन्न कानुन भएपनि विशेषगरी जातीय विभेद तथा छुवाछूत कुसर सजाय ऐन २०६८ प्रभावकारी रहेको जानकारी दिएका छन् । कार्यक्रममा गाविस सचिव देबबहादुर केसीले जातीय छूवाछूत मुक्त नमुना जिल्ला निर्माणको लागि तयार पारिएका ११ सुचकहरुको बारेका जानकारी गराएका थिए । कार्यक्रमको बारेमा राजनैतिकदल, शिक्षक, वुद्धिजिवीलगायतले टीप्पनी गरेका छन् । टीप्पनीकर्ताहरुले घोषणा सँगै कार्यान्वयमा समेत जोड दिनुपर्ने धारणा राखेका थिए । मुरु आगामी असोज २२ गते जातीय छुवाछूत नमुना गाविस घोषणा गर्ने जनाएको छ । कार्यक्रम दलित एकता मञ्च मुरुका खिमबहादुर सेर्पालीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
-
रेखदेख संवाददाता रुकुम गरायला २ का गोरखप्रसाद चन्द नेपाल कै कान्छा महाधिवेशन प्रतिनिधी भएका छन् । गत माघ २५ गते भएको नेपाली कांग्रेसको नि...
-
रेखदेख संवाददाता . चैत ११ रुकुम । नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग रकम जुटिरहेको छ । करिव एक दशक देखी अलपत्र बनेको भवन ...
-
बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने सम...
-
३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
No comments: