Pages

Tuesday, November 3, 2015

फेला पर्‍यो जँड्याहा धुम्रकेतु, पृथ्वीलाई रक्सीले नुहाइदिने





सोमरसपानका शौखिनहरुका लागि खुसीको खबर ब्रम्हाण्डमा धुम्रकेतुले रक्सी उत्पादन गर्न थालेको एउटा धुम्रकेतुले यति रक्सी उत्पादन गरिरहेको की त्यसले पूरै पृथ्वीलाई भिजाइदिन सक्छ कुनैदिन यो धुम्रकेतुको सोमरसले पृथ्वीलाई नुहाइदियो भने महंगा ब्राण्डेड सोमरसको भाउ घट्ला की
सुन्दैमा अचम्म लाग्नसक्छ तर यो सत्य हो की ब्रम्हाण्डमा एउटा यस्तो धुम्रकेतु फेला परेको जसले धुलो तथा चट्टान होइन अल्कोहल निकालिरहेको
लभजोय नामको उक्त धुम्रकेतुले अन्तरीक्षमा हरेक सेकेण्ड करीब सय बोतल रक्सीको मात्रा बराबरको अल्कोहल उत्सर्जन गरिरहेको रक्सीसँगै उसले चिनिपनि निकालिरहेको
कुनैपनि धुम्रकेतुमा इथाइल अल्कोहल फेला परेको यो पहिलोपटक रहेको अमेरिकी अन्तरीक्ष संस्था नासाले जनाएको
धुम्रकेतुले अल्कोहल उत्पादन गर्नुबाट पृथ्वीमा जिवको विकाशको श्रोत धुम्रकेतुहरुमा उत्पत्ति भएका जटिल अणुहरु नै रहेको हुनसक्ने निष्कर्षलाई बल पुगेको शोधकर्ताहरुको भनाइ
फ्रान्सको पेरिसस्थित अब्जर्भेटरीका शोधकर्ता निकोलस बाइवरका अनुसार यो धुम्रकेतुले आफ्नो चरम सक्रियताका दौरान अन्तरीक्षमा अल्कोहल उत्सर्जन गरिरहेको उक्त धुम्रकेतुले निकालिरहेको पदार्थमा अल्कोहल चिनीसँगै विभिन्न २१ वटा जैविक अणुहरु पाइएका छन्
पृथ्वीको अक्षको नजिक रहेका धुम्रकेतुमध्ये लभजोय सबैभन्दा सक्रिय धुम्रकेतुमा पर्छ गत जनवरी ३० वर्ष सूर्यको सबैभनदा नजिकबाट गुजि्रँदा यसले २० टन प्रतिसेकेण्डको गतिमा पानी उत्सर्जन गरेको थियो एजेन्सी 

No comments:

Post a Comment