कहिलेकाहीँ संयोग पनि गज्जबकै पर्छ । जहाजको यात्राका क्रममा हालै एउटै अनुहार भएका दुइजना व्यक्ति एउटै जहाजभित्र फेला परे । एक अर्काको अनुहारमा हेर्दा अर्कोलाई पनि आफुजस्तै देखेपछि दुबैजना आश्चर्यमा त परे नै जहाजमा भएका अन्य यात्रुहरुमा पनि आश्चर्यको सीमा रहेन ।
लण्डनको स्टान्टड बाट आयरल्याण्डको शानोनका लागि उडेको रायन एयरको जहाजभित्र दुइ दुरुस्त दाह्रीवालो जम्काभेट भयो ।
जहाजमा चढेका स्टकल्याण्डका नेल डगलसले आफुजस्तै अनुहार भएका लण्डनका रोबर्ट स्टिरलिंगलाई जहाजमा भेटेपछि सेल्फी खिचिहाले र टि्वटरमा शेयर गरिहाले ।
यी दुइ अपरिचितको अनुहार मात्र होइन, दाह्रीजुँगा तथा कपालको स्टाइल पनि दुरुस्तै थियो । संयोग कस्तो भने उनीहरुले लगाएका शर्ट पनि कालो रंगकै थिए । संयोग यत्तिमा मात्र सकिएन । दुवै जनाले एउटै होटलमा बासको लागि बुकिंग गराएका रहेछन् । त्यसपछि त के चाहियो जुम्ल्याहा भेटिएको खुसियालीमा उनीहरुले मज्जाले रसपान गरे ।
No comments:
Post a Comment