८
कात्तिक, काठमाडौं । बजारमा
चिनीको मूल्य अस्वभाविक रुपमा
बढिरहेको छ ।
नाकाबन्दीका कारण भारतसँग
निर्भर हुनुपर्ने हरेक खाद्य
वस्तुको मूल्य उच्च भएका
बेला नेपाल आत्मनिर्भर
रहेको चिनीमा पनि
मूल्य उच्च दरमा
बढेको हो ।चिनी
मंगलबार किलोको ७५ देखि
८० रुपैयाँससम्म बिक्री
भइरहेको खुद्रा व्यपार संघले
जनाएको छ ।
थोक विक्रेताले नै
किलोको ७३ देखि
७५ रुपैयाँसम्म लिन
थालेका छन् ।
अभावको कारण देखाएर
उद्योगीदेखि थोक व्यपारीले
चिनीका कालोबजारी सुरु गरेका
छन् ।
महंगो ढुवानी भाडाका कारण खुद्रा ब्यापारीले प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म लिनु परेको खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृण मानन्धरले बताए ।
‘एक साता अघिसम्म थोकमा चिनी किलोको ६६ रुपैयाँ थियो । अहिले ७३ रुपैयाँ पुगेको छ’ मानन्धरले भने-‘ चिनीको मूल्य अहिले दिनको २ रुपैयाँसम्म थोक मै बढ्न थालेको छ ।’
नेपालमा नै पर्याप्त चिनी रहेको भन्दै भारतबाट हुने आयात रोकिएपनि नेपालमै उत्पादित चिनीको मूल्य पनि उच्च भएको हो । नेपालका लागि आवश्यक चिनी यहाँ नै उत्पादन भएकाले चिनी उद्योग संघले भारतबाट चिनीको आयात रोक्न माग गरेको थियो ।
त्यसबेला उनीहरुले चिनीको मूल्य कुनैपनि हालतमा नबढ्ने बताएका थिए । तर, अहिले नाकाबन्दीपछि ढुवानीको समस्या देखाएर बजारमा चिनीको मूल्य बढ्दै गएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले भने आफ्ना डिपोहरुमा चिनी किलोको ६० रुपैयाँमै बिक्री भइरहेको जनाएको छ । आफुहरुसँग अझै १० हजार टन चिनी मौज्दात रहेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।
No comments:
Post a Comment