Pages

Tuesday, November 3, 2015

शोएब मलिकले टेष्टबाट सन्यास लिए




१८ कात्तिक, काठमाडौं पाकिस्तानका अलराउण्डर एवं पूर्व कप्तान शोएब मलिकले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्
इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको दोस्रो पारीमा शून्यमै आउट भएपछि उनले सन्यासको घोषणा गरेका हुन्
मलिकको अप्रत्यायिक सन्यास घोषणाले टीममेट समेत आश्चर्यमा परेका छन्  ३३ वर्षका मलिकले पााच वर्षपछि टेष्टमा कमब्याट गरेका इंग्ल्याण्डविरुद्धको पहिलो म्याचमा कमब्याक गरेका थिए
उनले पहिलो टेष्टमै २४५ रन बनाए, जुन उनको करियरकै सर्वश्रेष्ठ पारी हो त्यसपछिका पााच पारीमा उनले जम्मा ४७ रन बनाए
मलिकले सन्यास घोषणाको कारण खराब फर्म नभएको बताए उनले परिवारलाई समय दिन २०१९ को विश्वकपमा केन्द्रीत हुन चाहेको बताए उनले भने, अब मलाई लाग्यो कि सन्यास लिने युवा खेलाडीहरुलाई स्थान दिने समय आयो
मलिकले आफ्नो करियरमा ३५ टेष्ट म्याचमा १८९८ रन बनाएका छन्, जसमा तीन शतक आठ अर्धशतक छन्

No comments:

Post a Comment