१८
कात्तिक, काठमाडौं । पाकिस्तानका
अलराउण्डर एवं पूर्व
कप्तान शोएब मलिकले
टेष्ट क्रिकेटबाट सन्यासको
घोषणा गरेका छन्
।
इंग्ल्याण्डविरुद्धको
तेस्रो तथा अन्तिम
टेष्टको दोस्रो पारीमा शून्यमै
आउट भएपछि उनले
सन्यासको घोषणा गरेका हुन्
।
मलिकको
अप्रत्यायिक सन्यास घोषणाले टीममेट
समेत आश्चर्यमा परेका
छन् । ३३
वर्षका मलिकले पााच वर्षपछि
टेष्टमा कमब्याट गरेका इंग्ल्याण्डविरुद्धको
पहिलो म्याचमा कमब्याक
गरेका थिए ।
उनले
पहिलो टेष्टमै २४५
रन बनाए, जुन
उनको करियरकै सर्वश्रेष्ठ
पारी हो ।
त्यसपछिका पााच पारीमा
उनले जम्मा ४७
रन बनाए ।
मलिकले
सन्यास घोषणाको कारण खराब
फर्म नभएको बताए
। उनले परिवारलाई
समय दिन र
२०१९ को विश्वकपमा
केन्द्रीत हुन चाहेको
बताए । उनले
भने, अब मलाई
लाग्यो कि सन्यास
लिने र युवा
खेलाडीहरुलाई स्थान दिने समय
आयो ।’
मलिकले
आफ्नो करियरमा ३५
टेष्ट म्याचमा १८९८
रन बनाएका छन्,
जसमा तीन शतक
र आठ अर्धशतक
छन् ।
No comments: