Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » जर्नादन शर्मा को हुँन, चिन्दैन ः सुजता


रेखदेख संवाददाता । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले जर्नादन शर्मा को हुन आफुले नचिन्ने बताएकी छिन् । बुधबार जिल्ला सदरमुका खंलगामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
रुकुम टुक्रिनु दुख भएको र यसको टुंगो संघीय आयोगले लगाउने समेत बताएकी छिन् । जर्नादन शर्माको कारण रुकुम टुक्रिएको हो र ? भन्ने प्रश्नमा जर्नादन शर्मा को हुन ? म चिन्दैन । उनलाई टुक्रियाउने के अधिकार छ र ? यो सघीय स्वरुप अनुसार टुक्रिएको र यसको आवश्यकता अनुसार आयोगले यस मुद्दाको छिनोफानो गर्ने वताईन । उनले अर्को प्रशंगमा पार्टीको आगामि महाधिवेशनको लागि सभापति पदको लागि योग्य भएको बताईन । पार्टीको सभापति पदको लागि आवश्यक पर्ने सबै योग्यता पुरा भईसकेको समेत ठोकुवा गरिन ।
पार्टी अगाडि वढाउन  गुट उपगुट त्याग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिन  । भारतले गरेको अघोषित नाकाबन्दीको कारण देश र जनतालाई समस्या भएको वताई तराईका जनआधार नभएका ४ नेताले गरेको तराई बन्दको समेत खुलेर विरोध गरिन । मधेसी जनताले कांग्रेसको पक्षमा रहेको जनाईन ।
कांग्रेसको नेतृत्वमा बनेको नयाँ सविधान सबै जाती धर्म, क्षेत्र, लिङ्गको पक्षमा रहेको जानकारी दिएकी छिन् । नेपाली कांग्रेस रुकुमले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न कांग्रेस नेतृ कोइराला रुकुम पुगेकी हुन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply