Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » यार्सा महोत्सवको लागि अन्तरक्रिया


रेखदेख संवाददाता । पूर्वी रुकुमको रन्मामैकोटमा यार्सा महोत्सव गर्न जिल्ला सदरमुकाम खंलगामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
आईतवार जिल्ला स्थित होटेल शिशिरमा जिल्ला स्थित राजनैतिकदल, सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारी, उद्योगी, व्यापारी, यातायात  व्यवसायी र  जिल्ला स्थित पत्रकारहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम यार्सा महोत्सव आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनको अध्यक्षता र निमित्त स्थानीय विकास अधिकारी चिन्तामणी दाहालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।  कार्यक्रममा यार्सा महोत्सव आयोजक समितिले पूर्वी रुकुममा यार्सा गुम्वाको वारेमा चर्चा गरेका थिए । पूर्वी रुकुममा पाईने बहुमुल्य जडिवुटी यार्सागुम्वा विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने उद्देश्यले पहिलो पटक यार्सा महोत्सव गर्न मैकोट बासी लागिपरेका छन् । यसका साथै जिल्लामा भएको ६ हजार मीटर र सो भन्दा माथिका ५ वटा हिमालको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको यार्सा महोत्सव आयोजक समितिले जनाएको छ । भने पूर्वी रुकुमको मैकोटमा पहिलो पटक हुन थालेको यार्सा महोत्सव सफल बनाउन आ आफनो क्षेत्रबाट सहयोग गर्ने अन्तरक्रियाका सहभागिहरुले जनाएका छन् । यार्सा महोत्सव जेठ दोस्रो साता हुने जनाएको छ

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply