Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » म यस अर्थमा सफल सभापति हुँ

रुकुम आठविसकोट गाविस वडा नं ५  निवासी  वुवा परवीर नेपाली र आमा नैनासरी नेपालीको कोखवाट २०३३ चैत १५ गते जन्मिनु भएका मानवहादुर नेपाली  विगत २० वर्षदेखि राजनैतिकमा सक्रिय छन् ।२०५१ सालमा मुसीकोट खंलगा वहुमुखी क्यापसको स्ववियु सभापति, २०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमको अध्यक्ष, २०५४ सालमा तरुणदल रुकुमको अध्यक्ष,२०५७ सालमा सह( सचिव नेपाली काँग्रेस रुकुमको, २०६० सालमा सचिव नेपाल तरुण दल केन्द्रीय समिति, २०६१ सालमा  महासमिति सदस्य नेपाली काँग्रेस रुकुम र २०६७ सालदेखि हालसम्म  नेपाली काँग्रेस रुकुमको सभापति पदमा    रहेका छन् ।  सभापति पदमा रहदा गरेका  क्रियाकलाप र  गाउँ नगर र क्षेत्रको अधिवेशनको समिक्षा सहित जिल्ला अधिवेसनको तयारीको बारेमा रेखदेख साप्ताहिकको लागि  सम्पादक प्रविर ददेलले    गरेको कुराकानीको सार संक्षेप ।  
तपाईको कार्यकालको छोटो समिक्षा गर्नुहोस
माओवादी हिंसाबाटग्रस्त रुकुम जिल्ला आस्थाका आधारमा सयौं साथीहरुको बलिदानी, हजारौं विस्थापित घाईते, अपाङ्ग भएको यस जिल्लालाई लोकतन्त्रवादीहरुको लागि धेरै ठुला चुनौतिहरु हुँदा हुँदै पनि हाम्रो पाटीको विचार सिद्धान्तलाई बैचारिक सांगठानिक अवस्थाको गुणात्मक परिवर्तनका लागि  नविनतम प्रयास गरेको कुरा नेपाली कांग्रेसका सचेत कार्यकर्ताहरुलाई जानकारी छ ।
म यस अर्थमा सफल सभापतिको  हुँ  श्री गोपाल जि जङ्ग शाह, केशरमान रोका, कृष्णप्रसाद गौतम जस्ता पुराना अभिभावक, प्रेमप्रकाश ओली, तिलक भण्डारी, वीरबहादुर ओली, कृष्णबहादुर रोकाय, लक्षिराम घर्ति लगायतका सिनियर नेताहरुका साथै हजारौ नेताहरुलाई सँग सँगै सहमतिका साथ सबैलाई तलको माथी नगरेर पार्टी सञ्चालन गर्न सकेकोमा गौरबको अनुभुति गरेको छु । माओवादी ज्यादतीका विरुद्ध निवार्चन लगायतका गतिविधीको हजारौ युवाहरुले प्रतिवाद गरेको अवस्थाहरु र पार्टीलाई नयाँ ढंगले व्यवस्थापन गर्ने प्रयास गरेको छु । यदि भोली आउने नयाँ नेतृत्वले मेरो कर्यकालमा भएका  असल अभ्यासलाई निरन्तरता दिने  विश्वास गरेको छु । पार्टीको जीवन नै द्धन्दमा आधारित छ यसैमा जिवन्त हुन्छ त्यसैले पार्टीमा लोकतन्त्र र राष्ट्रियताको मुल सिद्धान्त माथि घात गर्नेहरुको विपक्षमा छु ।
पार्टी सभापतिको निधनसँगै रोकिएको जिल्ला अधिवेशन कहिले हुन्छ ?
नेपाली कांग्रेसको ऐतिहासीक १३ औं महाधिवेशन सम्पन्न गर्ने क्रममा गाउँ, नगर र क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । यसमा पार्टीको सम्पूर्ण शक्ति परिचालन भैरहेको अवस्थामा परम आदरणिय सभापति श्री शुसिल कोइरालाको अप्रत्यासित आकस्मीक निधनको कारण लाखौ समर्थक, शुभचिन्तकहरुलाई गहिरो शोकमा डुब्ने परिस्थिती निर्माण भयो । यस दुःखद घडिमा उहाँप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । शक्ति सत्ताको आडमा सधै आफूलाई प्रभावमा राखी राख्ने संसारभरी खासगरी दक्षिण एसियामा रहेका विकृति राजनैतिक संस्कारहरु चुनौति दिएर त्याग, सर्घष, इमान्दारीलाई नैतिक मूल्यको राजनीतिक सिद्धान्तका नेता जो अविचलित रुपमा अविराम यात्रामा रहनु भयो । उहाँको निधनले त्यो निष्ठाको राजनीतिक, इतिहासको अन्त्य भएको छ । नेपाली कांग्रेसको मुल सिद्धान्त राष्ट्रयता र लोकतन्त्रको मुल्यमा कसैसँग सम्झौता नगर्ने एक निडर राष्ट्रवादी नेता गुमाउदा भोलीका दिनमा हाम्रा निष्ठा सिद्धान्त र आदर्शमाथी कतै कुठाराघात हुन्छ कि भन्ने आशंका उत्पन्न भएको छ । तर विश्वास छ  लामो त्याग, संघर्ष र वलिदान गरेका हजारौं नेता तथा कार्यकर्ताहरुको हाम्रो पार्टीले त्यो अभावको पुर्ति गर्ने छ । प्रंसग जिल्लाको अधिवेशनको सन्र्दभमा एउटा विचारवान र र लोकतान्त्रीक पार्टीमा  मुलुकको अन्य पार्टी भन्दा तोकिएको समयमा छिट्टै निर्वाचन समिति मार्फत  स्वतन्त्र र निष्पक्ष रुपमा समावेशी प्रतिनिधीत्व सहितको प्रतिनिधीहरु छान्दा  आफूलाई जनताको लोकतन्त्रको मसिया सम्झनेहरु चकित बनेका छन् । यसैले निर्धारित समयमा जिल्ला अधिवेशन गरेर सयौं युवाको गतिशिल गाउँ , नगर र क्षेत्रका कार्यसमितिहरुलाई विशेष सांगठनिक योजनामा परिचालन गर्नु पर्ने अवस्थामा हामी भएकोले  सवै साथीहरुले झिना मसिना स्वार्थमा नलागी फागुन ५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरि सकिएको छ ।
गाउँ, नगर र क्षेत्रीय अधिवेशनलाई कसरी लिनु भएको छ ?
यसपटक शसस्त्र द्धन्द्धपछि हाम्रो गाउँ तहका अधिवेशन कार्यकर्ताहरु र  जनातको व्यापक सहभागितामा आपसी विश्वास र समझदारीमा  अधिवेशन सम्पन्न भएका छन् । सबै भन्दा माओवादी हिंसाको प्रभाव रहेको रुकुमको पूर्वी मगर वस्ती रहेका गाविसहरुमा समेत व्यापक सहभागिता वढेकाले हामी धेरै उत्साहित भएका छौ । पुरानो २०४८÷०४९ अवस्थामा पार्टीलाई पुय्राउन सकिने हिक्मत जागेका छ हामीलाई । नगर तहका निर्वाचनमा हामीले नलुकाएर भन्दा केही अनियमिता र प्रलोभनको प्रश्न पनि उठेको छ । क्षेत्रीय अधिवेशनमा पनि केही प्रश्न उव्जिएका छन् । नेपालका सबै पार्टीका मेहनतकस, परिश्रमी सिद्धान्त निष्ठ वर्ग भनेको मध्यम र निम्न वर्ग नै हो । यही वर्गको वढी प्रभाव  छ राजनीतिमा ।  हिजो २०४८देखी २०५६ सम्मका चुनावमा उम्मेरदारीलाई आफुखुसी भोज गर्ने, वाजा वजाउने र तर एक पैसा पनि उम्मेरदारी बाट खर्च नगराउने संस्कृती भएको हाम्रो जिल्लामा जव एमाओवादी चुनावी प्रतिस्प्रर्धामा आयो । त्यसपछि यि सबै संस्कृतिहरु माओवादीले भाडेको छ । गरिवको पार्टी भन्नेहरुले राजनीतिलाई महँगो बनाएर पूँजीपतिले गर्ने व्यापारमा परिणत गरेका छ । हामी सबै रुकुमेलीहरु भुक्तभोगी छौं । साम, दाम,दण्ड भेद गरी जसरी पनि हत्या हिंसा आतंक बुथ क्याप्चर, मरेको मान्छेको नाममा समेत भोट हाल्ने फर्जि व्यक्तिले भोट हाल्ने प्रवृतिले एमाओवादी लोकतन्त्रलाई उपयोग गरेर बदनाम गर्ने तिर तलिन छ । आज मलाई वडो विडम्वना लाग्छ इमान निष्ठाको भजन गर्नेहरु समेत हाम्रो पार्टीमा एमाओवादी चरित्रको सिको गरेको देख्दा पार्टीको भविष्य कताजाला  हामी सबै इमान्दार कार्यकर्तालाई चिन्ता उत्पन्न गरेको छ । क्षनिक फाईदा वेफाइदाको हिसावले चुनाव जिते पनि राजनीति र विचारले हारी रहेको हुन्छ  त्यसैले अन्तत दुर्घटना  निम्त्याउछ । त्यसैले इमान्दार, निष्ठावान साथीहरु बढी गम्वीर हुनुपर्छ । यहि समयमा पार्टीलाई व्यापारीकरणबाट रोक्न नसके पछि दुःख गर्ने पुराना त्यागी कार्यकर्ता पाखा लाग्दै जाने नाफाखोरीहरुको पार्टीमा हालीमुहाली हुने र संकटको घडिमा पार्टी कुनै सौदाबाजीमा पुगेर विर्षजन हुने खतरा हुन्छ । त्यसैले सानो तिनो स्वार्थमा लागेर गरिब, निमुखा, दलित महिला, जनजाती, उल्पसंख्यकहरुको विश्वास गुमाउने घुम्यो भने  खास धरातलल हल्लीन्छ  त्यसपछि हामी समाप्तीको बाटोमा जान्छौ यसमा सचेत हुनु पर्दछ ।  
संस्थापन र प्रजातान्त्रीको नाममा कार्यकर्ताहरु विभक्त हुँदा कांग्रेसको संगठन कस्तो होला ?
पार्टीको जीवन भनेको नै  द्धन्द र  प्रतिस्प्रर्धा हो । त्यसले विचार कार्यकर्ताको योजनाको आधारमा स्वस्थ  ढंगले  गरिने संर्घषहरुले पार्टीलाई कतै पनि हानी नोक्सानी गदैन् । हामीले पार्टी पद्धती र यसका अन्तरसंर्घषलाई राम्रोसँग बुझ्नु पर्दछ । हाम्रो बैचारिक धरातलमाथि नै सम्झौता परस्त  वेइमानहरु पनी हुन सक्छन् । तिनीहरु पार्टी नेतृत्वको लागि योग्य हुँदैन यसमा कार्यकर्ताहरुले ध्यान दिनु पर्दछ । हाम्रो जस्तो हजारौं कार्यकर्ताहरुको पार्टीमा व्यक्तित्व अवसरको लागि समेत साथीहरुको बीच सकारात्मक प्रतिस्प्रर्धा छ । यसलाई विरोधीहरुले चलाएको हल्ला जस्तो विभाजन छैन । एकाध मान्छेको असमतिलाई यस्तो परिभाषीत  गर्नु अन्यायपूर्ण  हुन्छ ।  
 अधिवेशन पछिको जिल्ला नेतृत्व कस्तो अपेक्षा गर्नु भएको छ ?
अवको जमाना भनेको सूचना प्रविधीयुक्त चेतनशिल सक्षम समाजतिर उन्मूख सामाजिक व्यवस्था भएकोले युगको मागलाई सम्वोधन गर्न सक्ने साहसिक विचारवान र कर्तव्यनिष्ठ नेतृत्वको आवश्यकता छ । हिजोको राजनीतिक सत्ता व्यक्तिवादी परम्परागत सामति थियो । ठुला वडा र  पूँजीपतिहरु नै राजनीतिक पदका लागि योग्य हुन्थे । तर ठुलो परिवर्तन आएको छ  जनतामा   । मलाई दःख लाग्छ १२ वर्षे युद्ध लडेका साथीहरु एक चुनाव कुनै मेहनत विना नै जित्नु पर्यो । २००७ सालको कान्तिपछि नेपाली कांग्रेसले २०१५ सालको चुनावमा दुई तिहायीमत ल्याएको थियो । नत एमाओवादीका साथीहरुले राजनीतिमा गलत अभ्यास गरि राख्नुु भएकोले त्यस पार्टीमा ठुलो विभाजन र असन्तुष्टि जन्मेको छ यसलाई सच्याउनु पर्दछ उहाँहरुले  ।  त्यसैले  विकृति भित्रिएको आशंका छ त्यसैले यस अधिवेशन पछि रुकुम जिल्ला नेपाली कांग्रेसको आधारभुमि बनाउने संकल्प भएकोले त्यो आवश्यकता पुरा गर्ने नेतृत्व आवश्यक छ ।
 जिल्लामा अधिवेशनको माहोलमा पूर्व सांसद तथा पूर्व पुर्व सभापति .निष्कृय हुन्छु भन्दै जिल्ला छोड्नुलाई कसरी लिनु भएको छ ? नेतृत्व निर्माण पहिलो इतिहास , त्याग संर्घषवाट बरिष्ठता क ायम गरेका व्यक्तिहरु सबैका लागि  स्वीकार्य हुन्छन् ।  दोस्रो अदभुत क्षमता , संगठन  र राजनीतिका कारण नेता हुन्छन् ।  तेस्रो समान क्षमता इतिहासका कारण सामुहिक नेतृत्व हुन्छ । यि तिन ारणबाट पार्टीमा नेताहरु हुन्छन् । तर विडम्वना मान्नु पर्दछ  यदी स्याल शहर पस्यो भने उसको काल आउछ । त्यसैले हामी कसैको इतिहास मेटाउन चाहान्छौ भने अन्तत हाम्रो इतिहास पनि कसैले मेट्दिन्छ । माया गिरी, कृष्णप्रसाद गौतम पुराना प्रतिवन्धीत अवस्थामा परिवारमा सन्दर्भ र स्वयम आफै अपमानित गराउने खेलो वडो दःखद छ । यी वि.पि. गणेशमान जी, किसुन जी, गिरीजाबावु, शुसिल दा व्यक्ति नभै उहाँहरु संस्थातो , त्यो नियम जिल्लामा पनि लागु हुन्छ । भुलवस जसले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनीहरु  सच्चीनु पर्दछ ।
अन्त्यमा के भन्नु छ की ?
हामीलाई विचार मानेकै आधारमा हत्या गर्ने गाउँ निकाला गर्ने अंङ्ग भङ्ग गर्ने सम्पती कब्जा गर्ने, विचारहरु पराष्त भएर हाम्रो विचारले जितेको  युगमा हामी सबै नेपाली कांग्रेसका कार्यकर्ता छौं । त्यसैले आशावादी बनौं उच्च मनोबलका साथ भोलिको संघिय लोकतान्त्रीक गणतन्त्र समाजको निर्माणका लागि प्रयत्नरथ रहौ । यो संविधान नेतृत्वमा बनेको हो  । हामीलाई बहुमत दिएर जनताले विश्वास गरेका छन् । यो विश्वासलाई उच्च सम्मानका साथ बचाउन, जोगाउन प्रयासरत रहौं । अब पार्टीको विचार र इतिहासको गौरवता मात्र पुग्दैन । एक समाजवाद उन्मूख सामाजिक कार्य गर्ने हिजोका ढिलाईले आज धेरै दुःख पाएका छौ । यस घडिमा हामी कतै पनि विचलित नभएर सबै गैरलोकतान्त्रीक शक्तिहरुलाई लोकतान्त्रीक  धारमा ल्याउदै समृद्ध, विकसित समतामूलक समाजको बाटोमा अघि वढ्न हार्दिक अपिल गर्दछु । हाम्रो भविष्य उज्जल छ वाटो जति कठिन भएपनि अन्तत जीत हाम्रो हो भन्ने विश्वास राख्न अनुरोध गर्दछु ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply