Pages

Wednesday, April 13, 2016

रुकुममा एकलाख पुरस्कार राशीको चेस प्रतियोगिता

Add caption

बैशाख १, रुकुम । (अस)
जिलामा सबैभन्दा ठुलो  पुरस्कार राशीको  बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुकाम खंलगा स्थित होटेल शिशिर गेष्ट हाउसमा ठुलो पुरस्कार राशीको चेस खेल प्रतियोगिता  सञ्चालन भएको हो ।
 सम्बृद्ध समाज नेपालले नयाँ वर्षको अवसरमा “समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट”को आयोजना गरेको छ ।
खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने मुख्य उद्ेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगीतामा ५१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा २४ जना रेटर रहेका छन् ।
प्रतियोगीतामा फिडे मास्टर मनिष हमाल, वर्तमान नेपाल च्याम्पिएन केशव श्रेष्ठ, पुर्व च्याम्पिएनहरु बद्रिलाल नेपाली र नविन तन्दुकार, केनिडेट मास्टर रिजेन्द्र राजभण्डारी लगाएतका खेलाडीको सहभागीता रहेको छ । प्रतियोगीतामा जिल्लाका विद्यार्थीहरुको पनि सहभागीता छ । आगामी बैशाख ५ गते सम्म संचालन हुने प्रतियोगीतामा प्रथम पुरस्कार राशी रु १ लाख रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ ।
दोस्रो हुनेले ५० हजार प्राप्त गर्दा तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार र २० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै ५ औं देखी १० औं स्थानमा रहनेलाई १०÷१० हजार र ११ औं देखी १५ औं स्थानमा रहनेलाई ८÷८ हजार नगद प्रदान गरिने छ । स्थान  हासिल गर्ने सबैलाई मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ ।
स्थान हासिल गर्ने सबैलाई मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक संस्थाका अध्यक्ष सुवोधराज  सिर्पालीको जनाएका छन् । चेस खेल प्रतियोगिताको उद्द्याटन सहायक प्रमुख जिल्ला अधिकारी निलमकुमार न्यौपाने र खेलकुद विकास समतिका अध्यक्ष हेमराज पुनले चेसको गोटी चालेर खेलको उद्द्याटन गरका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव केशव विसीले गरेका थिए । कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, खेलाडि, पत्रकारलगायतको उपस्थित रहेको थियो

No comments:

Post a Comment