Pages

Wednesday, April 13, 2016

सामसुङ ग्यालेक्सी जेथ्री सार्वजनिक


मोटरसाइकलचालकका लागि ‘बाइक एस मोड’
सामसुङ ग्यालेक्सी जेथ्री सार्वजनिक
अत्यधिक ट्राफिक चाप भएका स्थानमा मोटरसाइकल रोकेर कुरा गर्न खोज्दा दुर्घटनाको सम्भावना रहन्छ । मोटरसाइकल चलाइरहँदा महत्वपूर्ण फोनसमेत उठाउन नपाउनु धेरैको समस्या भएको हुन सक्छ ।
तर, अब भने यस्ता समस्याबाट छुटकारा पाइने भएको छ । किनभने, स्मार्टफोन कम्पनी सामसुङले २०१६ सामसुङ ग्यालेक्सी जेथ्रीमा मोटरसाइकल चालकको यही समस्या समाधानार्थ विशेष फिचरको व्यवस्था गरेको छ । कम्पनीले नयाँ स्मार्टफोनमा चालकको सहजताका लागि बाइक एस मोड नामक फिचर ल्याएको छ ।
यो फिचरले चालकले मोटरसाइकल चलाइरहेको अवस्थामा फोन आउँदा फोन गर्ने मानिसलाई स्वचालित आवाजको माध्यमबाट पछि फोन गर्न अनुरोध गर्छ । यसो हुँदा पछि कुरा गर्न मिल्ने भए तिनले फोन काट्छन् । अत्यावश्यक कुराकानी भए यसका लागि पनि विकल्प उपलब्ध छ ।
कसरी गर्छ काम ?
सामसुङ ग्यालेक्सी जेथ्रीमा एनएफसी अर्थात् नियर फिल्ड कम्युनिकेशन प्रविधिको प्रयोग गरेको छ । इनब्युल्ट एनएफसी चिप रहेको यो फोनको खरीदमा प्रविधि सञ्चालनका उपभोक्तालाई कम्पनीले एक थान एनएफसी ट्याग पनि उपलब्ध गराउँछ । यो ट्यागलाई प्रयोगकर्ताले आफ्नो हेल्मेट वा मोटरसाइकलको कुनै पनि स्थानमा टाँस्न सक्छन् । चालकले चिपकै माध्यमबाट एस बाइक मोडलाई सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था फोनमा छ । एस मोडलाई सक्रिय (एक्टिभ मोड)मा राख्दा कसैको फोन आएमा तिनले स्वचालित भ्वाइस रेकडिङमार्फत पछि फोन गर्ने अनुरोध सुन्नेछन् ।
ग्यालेक्सी जेथ्रीमा ५ इञ्चको एचडी (७२०×१२८० पिक्सेल) सुपर एमोलेड डिस्प्ले छ । कम्पनीको नयाँ फोन एण्ड्रोइड ५.१ ललिपप सञ्चालन प्रणालीमा आधारित छ । कम्पनीले यसमा १४ ओटा भाषामा सन्देश बज्ने व्यवस्था मिलाएको छ । १ दशमलव ५ जीएचजेड क्वाडकोर प्रोशेसर सहितको यो फोनमा १ दशमलव ५ जीबी र्‍यामको व्यवस्था छ । त्यसैगरी फोनमा ८ जीबी आन्तरिक सञ्चय क्षमता छ ।
अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा माइक्रोएसडी कार्डको प्रयोग गरी यसलाई १ सय २८ जीबीसम्म बढाउन सकिन्छ । फोनमा तस्वीरका लागि एलईडी फ्ल्याससहितको ८ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा जडान गरेको छ । त्यसैगरी सेल्फी तथा भिडियो कललगायतमा सहजताका लागि फोनमा ५ मेगापिक्सेल क्षमताको फ्रण्ट फेसिङ क्यामेरा पनि छ । भारतीय बजारमा यसको मूल्य भारू ९ हजार तोकिएको छ ।

No comments:

Post a Comment