छिवाङ्ग–४ रुकुममा वुवा परवीर सेर्पाली र आमा धनसरा सिर्पालीको कोखबाट वि.स. २०४० सालमा जन्मीएका धिरण सिर्पाली वि.स.२०५३ सालवाट विद्यार्थी राजनीतिबाट राजनीती जिवनमा प्रवेश गरेका छन् । जस अन्तरगत वि.स.२०५६ देखी २०६० सम्म सास्कृतिक मोर्चामा रहेका सिर्पाली वि.स. २०६० देखी ६३ सम्म जनमुक्ति सेना कार्यरत रहेका थिए । वि.स. २०६३ देखी ०७३ सम्म करिव १० वर्ष वाईसिएल नेपालमा आवद्ध रहेका सिर्पाली २०६७ देखी हाल सम्म वाईसिएल रुकुमको नेतृत्वमा रहेका छन् । उनी हाल वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा वाईसिएल रुकुमका इन्चार्ज समेत छन् । भने चौथो जिल्ला अधिवेशन मार्फत नेतृत्व हस्तारणको पक्षमा छन् । यसै सन्र्दभमा वाइसिएल रुकुमको हालको अवस्था, उनको राजनैतिक भविष्यको बारेमा रेखदेख साप्ताहिकका सम्पादक प्रविर ददेलले गरेको विशेष कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
तपाई तेस्रो जिल्ला अधिवेशनवाट वाइसीएल रुकुमको नेतत्व सम्माल्नु भयो । तपाईको कार्यकाल सफल कि असफल समिक्षा गर्नुहोस ?
मेरो काय सफल रह्यो । २०६७ सालमा प्रथम जिल्ला भेला भएको थियो । त्यसपछि संगठिन समिति निमार्ण भयो । राष्ट्रपतिले चालेको असबैधानिक कदमकोे विरुद्ध माओवादीको लामो आन्दोलको नेतृत्व वाइसिएलले नै गरेको थियो । यो सँग–सँगै पार्टीको सम्पूर्ण कार्यक्रममा वाइसीएल रुकमले नेतृत्वदायी भुमिका खेलेको छ । वि.स.२०६९ साल असोज ९र १० गते तेस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भयो । जसवाट ७३ सदस्य जिल्ला कमिटी निमार्ण भएको थियो । मेरोे कार्यकालमा थुप्रै राजनैतिक प्राकृतिक र संघर्षशिल काम भएका छन् । राजनैतिक काममा दोस्रो संविधान सभाको ,निर्वाचन वि.स.२०७० भएको थियो । देशैभरी एमाओवादीले अनुचित र अप्रत्यासी पराजत भोगेको बेला रुकुम जिल्लाका युवाहरुको त्याग, तपस्या र योगदानले गुणात्मक रुपमा प्रतिद्धन्दीहरुलाई पराजित पारेका छौं । जसका कारण एमाओवादी रुकुमका दुई निर्वाचन क्षेत्रबाट जित हात पारेको छ । संगठनको क्षेत्रमा ३९ गाविस २ वटा नगपालिकामा सक्रिय रहेको छ । जसको कारण चौथो जिल्ला अधिवेशनमा १ हजार १ जना युवाको लक्ष्य राखेतापनि १५ सय भन्दा वढी युवाहरु गाउँ–गाउँबाट सदरमुकाम खंलगमा ल्याएका छौ । र हाल रुकुमको वाईसीएलको सदस्य संख्या ९ हजार ८ सय रहेको छ । यसलाई हामीले सांगठनिक उपलव्धी मानेका छौ । प्राकृतिक कुरा गर्दा २०७२ बैशाख १२ र २९ गते गएको महाभुकम्पमा रुकुमको वाईसिएलको तर्फवाट नेतृत्व गरेर धादिङ जिल्लामा १५ दिन श्रम गरेको थियो जसमा १२ जना सहभागी रहका थिए । भने अर्को टोली काठमाण्डांैमा गएर नियमित उद्दार कार्य गरीहेका थिए । मेरो कार्यकालमा अर्को महत्वपूर्ण कार्य भनेका सयौंं युवाहरुलाई सहकारीको माध्यमबाट आर्थिक उत्पादनमा सहभागी बनाउन सफल भएका छौ । दुग्घ, कृषि सहकारी र वाख्रा फार्महरु निर्माण गरेर उत्पादन क्षेत्रमा वाइसीएल लागको छ । मैले आफै पनि मितेरी वाख्रा फार्मको रुपमा छिवाङ्ग–४ मा वाख्रा फार्म सञ्चालन गरीरहेको छु । यस अन्र्तगत वाईसिएलको नेतृत्वमा भेरी प्राविधीक शिक्षालयको सहयोगमा १ सय २० जनाले विभिन्न विषयमा प्राविधिक तालिम समेत लिइरहेका छन् । जसको परिणाम स्वरुप आम युवाहरुलाई स्वदेशमै केही गर्नुपर्दछ । श्रमद्धारा आफनो भाग्य आफै भेट्न सकिन्छ भन्ने नै हो ।
वाइसीएल लडाकु दस्ता हो । कसरी उत्पादनमा लाग्यो ?
हाम्रो क्रान्तिको भाषामा वाईसीएलले ४ कर्ताको भुमिका निर्वाह गर्दछ । जसमा प्रचार–प्रसार, उत्पादन, संघर्ष र संगठन नै हो । लडाकु दस्ता पत्रकारहरुले देख्ने रुपमा मात्र हो । हामीले हिजो पनि उत्पादन क्षेत्रमा लागेका थियो । आज पनि उत्पादनमा लागेका छौ र भोली पनि लाग्ने छौं ।
तपाईको कार्यकालमा वाईसीएल कमजोर भएको भन्नेहरु पनि छनी ?
यो सरासर गलत हो । विरोधीहरुले मेरो कार्यकालमा हार खाएर छन् । हार मनस्थितको कारण यसो भनेका हुन । यो सतप्रतिसत गलत हो । किनभने एमाओवादीको टुटफुट भएर गुणस्तरहिन मान्छे हरु गएता पनि इमान्दार भरपर्दो र मान्छेहरु कही पनि गएका छैनन् । कमजोर भन्ने कुरा हावादारी हो । यसमा कुनै सत्यता छैन् ।
तपाईले वाईसीएल रुकुममा लामो संर्घष गरे भन्नु भयो । दोहोरीने मनसाय हो ?
हामी संगठनको विधानद्धारा चलेका मान्छेहरु हांै. । यस अर्थ विधान स्वरुप दोहोरीन मिल्दैन । दोहोरीने मनसाय पनि छैन् । र आवश्यकता पनि छैन् । किनभने क्षमता प्रतिभा लगानी गरेका युवाहरुले विश्वास गर्न सक्ने वाइसिएलको युवा नेताको नेतृत्वको विकास भैसकेको छ । यसपाली नयाँ नेतृत्व चयन हुन्छ ।
यसपाली वाइसिएल रुकुममा कस्तो नेतृत्व आउँछ ?
विचार संगठन, योगदान र कार्ययोजनाको हिसावले प्रष्ट ढंगले संगनठन लाई हाक्न सक्ने नेतृत्व आउँछ । यस्तो नेतृत्व चौथो जिल्ला अधिवेशनले छनौट गर्नेछ ।
तपाईहरुको संगठनमा लोकतान्त्रीक अभ्यास हुँदैन । यसपाली पनि टिके प्रर्था नै हुन्छ होला है ?
त्यो गलत हो । वुर्जाहरुले लोकतान्त्रीक प्रकृया भन्ने गर्दछन् भने हामी जनवादी केन्दीयतालाई लागु गर्ने गर्दछौ । यो सम्मेलन जनवादी प्रकृया हो । जनवादको आधारमा खुल्ला वहसको आधारमा ब्यापक छलफल गरी नेतृत्व चयन हुन्छ । आशा छ हाम्रा सम्पूर्ण संगठित सदस्यहरुले हाम्रो नीति विधीलाई वुझेका छन् । त्यही अनुरुप नेतृत्व छनौट हुन्छ ।
तपाई कलाकार देखी सेना र वाईसिएल सम्मको भुमिकामा रहनु भयो । कुन भुमिकामा उपलव्धीमुलक काम गरेको जस्तो लाग्छ ?
खास गरी राजनीतिमा प्रवेश विद्यार्थी संगठनवाट वि.स. २०५३ साल देखि संलग्न रहेको हुँ । वि.स. २०५६ सालमा पुर्णकालिन कार्यकर्ता भए । त्यसपछि सांस्कृतिक मोर्चा हुँदै सेना प्रवेश गरे र लामो समय वाईसिएलमा काम गर्ने अवसर प्राप्त भयो । यो मेरो जिवनको महत्वपूर्ण उपलव्धी हो । किनभने विद्यार्थीमा काम गर्दा संगठन वुझ्ने अवसर प्राप्त भयो, सांस्कृतिक मोर्चामा वैचारिक आधार प्राप्त गरे र सेनामा काम गर्दा फौजी कला र युद्ध सम्वन्धी थुप्रै व्यवहारी तथा शैद्धान्तिक ज्ञानहरु प्राप्त गरेको छु । वि.स. २०६३ देखी निरन्तर वाईसीएल र पार्टी जिल्ला सदस्य भए । जसबाट जनपरिचालन, संगठन निर्माण र संगठन भित्र अन्तरविरोधको वारेमा वुझ्ने र त्यो अनुसार चल्ने अवसर सिकेको छु । यी सबै अनुभतीका आधारमा मलाई लाग्छ म एक भाग्यमानी कार्यकर्ता हुँ ।
तपाईको कार्यकालका धेरै उपलब्धी भएको भन्नु भयोे । तर धेरै युवाहरु वैद्य, विप्लव र नयाँ शक्तिको नाममा बाहिरीए नी ?
त्यो हैन । बैद्य विप्लवमा २ जना सदस्य वाहेक अरु कोही पनि गएनन् । जो फिर्ता पनि भैसकेका छन् । नयाँ शक्तिमा संगठनको सचिव एक्लै जानु भएको छ । र उहाँसँग नियमित छलफल जारी छ । यदी म गलत छैन भने उहाँ नव विस्तारवादी रवैयासँग धेरै दिन टिक्नु हुन्न जस्तो लाग्छ । र ढिलो चाँडों एमाओवादीमा फिर्ता हुने हुने पक्का छ । उहाँको त्यो विचलनबाट संगठनमा कुनै पनि प्रभाव पारेको छैन् । बरु संगठनमा थप गति पैदा गर्ने मद्दत पुगको छ । जसको उदाहरणको लागि चौथो जिल्ला सम्मेलनलाई हेरे पुग्छ ।
राजनीतिमा पुँजीपति वर्गको हावी भएको देखिन्छ । सर्वहारा वर्ग पाखा लाग्दै छन् । तपाई राजनीतिमा के भविष्य देख्नु भएको छ ?
राजनीती क्षेत्र भनेको संघर्षको क्षेत्र हो । द्धन्दात्मक भौतिकवादी दृष्टीले हेर्ने हो भने हरेक चिज दुई क्षेत्रमा विभाजित छ । जस्तै राम्रो र नराम्रो, उल्टो र सुल्टो , जसको अर्थ हरेक समाज पार्टी भित्र वर्ग छ । त्यसभित्र नियमित संघर्ष चलिरहेको हुन्छ । अवसोच हाम्रो पार्टी भित्र शान्ति प्रक्रिया पछि केही त्यस्ता राजनीतिक रुपले गैरसर्वाहारा वर्गीय चरित्र, आर्थिक अराजकता र अस्वभाविक तडक भडक, नभएको होइन । तर यसको वारेमा पनि गहिरो वहस र छलफल जारी छ । हामीलाई विश्वास छ म यदी ठिक छु भने विचारमा अडिक हुने हो भने पुँजीले राजनीतमा कुनै प्रभाव पार्दैन । मेरो भविष्यको बारेमा सफल वा असफल भन्ने बारेमा म भित्र रहको अन्तरवस्तु निर्णायक हुन्छ । यस अर्थ मलाई विश्वास छ । आजको मिति सम्म म ठिक छु र भोली पनि मेरो राजनीतिक यात्रा निरन्तर अगाडि वढन्ने पूर्ण विश्वास गरेको छु ।
तपाईसँगै राजनीतिमा होमीएका नेता तथा कार्यकर्ता निराश भएर विदेश पलाएन भएको देखिन्छ तपाईले कसरी हेर्नु भएको छ ?
निरास भएर विदेश गएका होईनन् । एउटा ऐतिहासी राजनीति चरणलाई सफल पारेर अहिलेको अवस्थामा आफ्नो पारिवारीक रुपले पनि केही आत्मनिभर वन्न सक्नु पर्दछ भन्ने मान्यताका आधारमा विदेश पलायन भएका हुन् । अहिले पनि विदेशमा रहेका सम्पूर्ण युवा कार्यकर्ताहरु पार्टी संगठनमा प्रतिवद्ध रहका छन् ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
यो मेरो कार्यकालको समिक्षा यो पत्रिका मार्फत आम जनमानसमा राख्ने अवसर प्राप्त गरिदिएकोमा रेखदेख साप्ताहिकलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । जसले मेरो गतिविधीहरुलाई नियमित रुपले छापा मार्फत युवा पंक्तिमा पु¥याउने अवसर जुटाई दिएको त्यस अर्थमा कृतज्ञता व्यक्त गर्न चाहान्छु । र मेरो कार्यकालमा पार्टी पंक्ति, वाईसिएल गाउँ, जिल्ला कमिटि र सम्पूर्ण सहयोद्धा मित्रहरुका साथै व्यापारी, वुद्धिजिवी, नेतागण, हाम्रा जनवर्गिय संगठनहरु र समकक्षी युवासंगठनका साथीहरु लगायत चौथो जिल्ला सम्मेलनको लागि भव्य र भरपुर सहयोगका प्रिय हातहरुप्रति आत्मै देखि आभारप्रकट गर्न चाहान्छु । आगामी दिनमा समेत थप सल्लाह, सुझाव र सहयोग अपेक्षा गर्दछु ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» म भाग्यमानी कार्यकर्ता हुँ !
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रवीर ददेल असार २३, रुकुम । देशलाई निकास र जनतालाई विकास दिने पार्टी नेपाली कांग्रेस रहेको नेपाली कांग्रेसका केन्द्रिय उपसभापति रामचन्...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...
-
८ कात्तिक , काठमाडौं । बजारमा चिनीको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । नाकाबन्दीका कारण भारतसँग निर्भर हुनुपर्ने ...
-
एजेन्सी । बेलायती टेलिभिजन स्टार साम फेरिसलाई हालैमा आफ्ना नजिकका साथीहरुका साथमा स्पेनको आईबिजा द्धवीपस्थित एक समुन्द्री तटमा निकै प्...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
माइक्रोसफ्टले कृत्रिम इण्टेलिजेन्सी सेफ्टवेयर (आईएस) च्याटबोट सार्वजनिक गरेको थियो । ‘टे’ नाम दिइएको उक्त ‘च्याटबोट’ सार्वजनिक गरेको क...
No comments: