प्रवीर ददेल
असार २, रुकुम ।
रुकुममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक सांस्कृतिक महोत्सव हुने भएको छ । राप्ती अञ्चन पर्यटन प्रवद्र्धन समितिको आयोजनामा रुकुममा सांस्कृतिक महोत्सव हुने भएको हो ।
आगामी असार ५ गते हुने सांस्कृतिक महोत्समा राप्ती अञ्चलका ५ जिल्ला दाङ, सल्यान, रोल्पा, प्युठान र रुकुम जिल्लाका लोक सांस्कृतिक नाँच प्रस्तुत हुने स्थानीय विकास अधिकारी तथा राप्ती अञ्चल पर्यटन प्रवद्र्धन समितिका सदस्य भरतकुमार शर्माले जानकारी दिएका छन् । उनले भने, ‘सांस्कृतिक महोत्सवमा दाङबाट सोखीया पैयाँ, सल्यानबाट बन्गारी नाँच र रोल्पाबाट जोराशाही ज्युमारी नाँच प्रस्तु हुने छन् ।’
त्यस्तै प्युठानबाट सराय नाँच र रुकुमबाट सिङ्गारु, मयुरु, पञ्चेबाचा नाँचका साथै मगर समुदायको भुम्या नाँच समेत प्रर्दशन हुने छन् ।
रुकुम भ्रमण वर्ष २०७२ को समापन र रुकुम सांस्कृतिक वर्ष २०७३ को शुभराम्भ सँगै रुकुममा राप्ती अञ्चलका ५ जिल्लाको लोक सांस्कृतिहरु जर्गेना गर्न सांस्कृति महोत्सव आयोजना गरिएको छ । सांस्कृतिक महोत्सवले राप्ती अञ्चलका लोक सांस्कृतिहरुलाई प्रचार प्रचार गरी राप्ती अञ्चलमै पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने स्थानीय विकास अधिकारी शर्माले जानकारी दिएका छन् ।
राप्ती अञ्चलको समन्वयमा पहिलो पटक हुने सांस्कृतिक महोत्सवले राप्ती अञ्चलका ५ जिल्लामा भाईचारा सम्वन्ध कायम गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत ठुलो पुग्ने जिल्ला विकास समिति रुकुमले जनाएको छ । सांस्कृतिक महोत्सव असार ५ गते रुकुमको वहाटाकुरा टुडिखेलमा हुनेछ । सांस्कृतिक महोत्सवमा राप्तीका ५ जिल्लाका सास्कृतिक झाँझी प्रस्तुत हुनेछन ।
पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव

Tag:
No comments: