Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » एसएलसीमा कोही फेल भएनन् तर, साढे १६ हजारले कलेज भर्ना हुन नपाउने


असार २, काठमाडौं । 
परीक्षा नियन्त्रण कार्यालयद्वारा यस वर्षको एसएलसीका लागि गरेको अक्षर ग्रेडिङ् व्यवस्था बमोजिम प्रकाशित परिक्षाफल अनुसार परीक्षा दिएका ५ लाख ८८ हजार १ सय ५२ जना सबै बिद्यार्थी पास भएका छन् । तर, उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) ले गरेको निर्णय अनुसार बिहीबार प्रकाशित नतिजाका आधारमा २ दशमलव ८८ प्रतिशत विद्यार्थी कलेज भर्ना हुन नपाउने भएका छन् ।
डी प्लसभन्दा कम ग्रेड (३० देखि ४० भन्दा कम पोइण्ट) ल्याउने विद्यार्थीलाई कलेजमा भर्ना नलिने भन्ने उमाशिपको निर्णयका आधारमा यो नतिजा आएको हो । नियमित र एक्जाम्टेड दुवैतर्फबाट परीक्षा दिएका ५ लाख ८८ हजार १ सय ५२ जनामध्ये डी प्लसभन्दामाथि ल्याउनेमा ५ लाख ७१ हजार ६ सय ८८ जना छन् भने त्योभन्दा कम ल्याउनेमा १६ हजार ४ सय ६४ जना रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply