Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » » सपनाको –‘जाउ सानु माईत जाउ’ बजारमा



प्रवीर ददेल
साउन ५, रुकुम । दैलेखकी  चेली सपना शाहीले तीजको नयाँ गित बजारमा ल्याएकी छिन् । उनले तीजको नयाँ गित ‘जाउ सानु माईत जाउ’ बोलको गित बजारमा ल्याएकी हुन् । गत वर्ष  तीज गित ‘झकास’ बजारमा ल्याएरकी उनले यसवर्ष चेलीहरुलाई माईती घरमै जान सल्लाह दिएकी छिन् । यसपालिको तीजको गितमा स्वर सपना शाही, प्रेम दैलेखी र गमान विवसको रहेको छ । भने लय र शव्द  प्रेम दैलेखीले  दिएका छन् । यो तीज गित सम्मान म्यूजिक प्रा.लि.ले बजारमा ल्याउने गाइका सपना शाहीले जानकारी दिएकी छिन् । ‘जाउ सानु माईत जाउ’ तीज गितमा वर्षको दिनको तीजमा माईती घरमा गई छोरी चेलीहरुलाई वर्ष दिनको दुःख विर्षान सन्देश दिएको छ ।
२०७० सालमा सांगेतिक क्षेत्रमा प्रवेश गरेकी सपनाले विशेषगरी मध्यपश्चिम विकास क्षेत्रमा गाईने गित गाएर मध्यपश्चिम विकास क्षेत्रको संस्कार र संस्कृतिलाई झल्काउन खोजेकी छिन् । उनले  विशेषगरी लोकगित,  देउडा र तिजका गितहरु गाएको जनाएकी छिन् । उनको पहिलो गित ‘रुनुपरेपछि’ स्रोतामाझ लोकप्रिय रहेको छ । यसका साथै ‘हेराई ज्यानमारा’ गित समेत स्रोता माझ चर्चित रहेको छ । सानैमा गित संगित क्षेत्रमा  रुची राख्ने सपना  २०७० सालमा औपचारीक रुपमा सांगेतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले हाल सम्म एक दर्जन बढी गितहरुमा स्वर दिएकी छिन् ।
सांगेतिक क्षेत्रमा विशेषगरी लगशिल, परिश्रम र धर्यता हुनुपर्ने उनको धारणा रहेको छ । उनी बुवा अंजिरबहादुर शाहीको प्रेरणाका कारण गित संगित क्षेत्रमा प्रवेश गरेको जनाई । उनी सांगेतिक क्षेत्रसँगै शिक्षण पेशामा समेत संलग्न रहेकी छिन् ।  धौलापड प्राथमिक विद्यालयमा छाडाथान दैलेखमा शिक्षण पेशामा समेत संलग्न रहेकी छिन् । उनको जन्म घर दैलेख हो भने अहिले बाँके जिल्लामा बस्दै आएकी छिन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply