शुक्रवार ज्योतिले तताउने
महोत्सव एक दिन लम्वीयो
रेखदेख संवाददाता
फागुन १९, रुकुम ।
एकसाता अघिदेखी सञ्चालनमा रहेको मध्यपश्चिम रुकुम महोत्समा चर्चित मोडल तथा गायक ज्योति मगरले शुक्रवार तताउने भएकी छिन् । रुकुम उद्योग वाणिज्य संघ रुकुमले आयोजना गरेको मध्पश्चिम रुकुम महोत्सवमा शुक्रवार ज्योति मगरको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
मध्यपश्चिम रुकुम महोत्सव मुल आयोजक समितिका संयोजक टेकबहादुर पुनका अनुसार विहीबार साझ नै ज्योति मगर मुसिकोट पुगेकी छिन् । भने शुक्रवार दिनभरी ज्योति मगर, खुमन अधिकारी लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहने छन् । हरेक दिन नयाँ कलाकारहरुको प्रस्तुती देखाउदै देखाएर रुकुमेली जनताहरुलाई मनोञ्जन दिईरहेको महोत्सव आयोजक समितिका सदस्य मोहबीर खड्काले जनाएका छन् । उनका अनुसार विहीबार चर्चित जनकलाकार जीवन शर्मा, लोक गायक पूर्णकला विसी, हास्यकलाकार सुरविर पण्डित दाह्री बा, वेगम नेपाली भटभटे माइलो, डान्सर प्रिति आलेले आफ्नो प्रस्तुती देखाएका छन् । फागुन १२ गते उद्द्याटन भएको यस अघि २१ ग्ते सम्म सञ्चालन हुने भनिएकोमा महोत्सव २२ गते सम्म सञ्चालन हुनेछ ।
“कृषि, जडिवुटी, पर्यटन, संस्कृति, सूचना प्रविधी, उद्योग र व्यापार, समृद्ध तथा स्वाधिन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार” भन्ने नारा सहित रुकमुको टुडिखेलमा सञ्चालन भएको छ । महोत्सबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन बस्तुको बजारीकरण गर्ने लक्ष्य रहेको जानकारी दिइएको छ ।

Tag: All
No comments: