रेखदेख संवाददाता
पmागुन २०, रुकुम । जिल्ला सदरमुकाम मुसिकोटमा मध्यपश्चिम रुकुम महोत्सव सञ्चालन भएको छ । रुकुम उद्योग वाणिज्य संघ रुकुमले आयोजना गरेको मध्यपश्चिम रुकुम महोत्सवको नौै दिनमा विशेषगरी ज्योति मगरको प्रस्तुती रहेको थियो ।
जब ज्योति मगर आउने हल्ला चल्यो जिल्ला सदरमुकाम खंलगा विहानै देखी चहलपहल वढेको थियो । बराहटाकुरा टुडिखेल खच्चाखच भएको थियो । ठिक २ बजे कार्यक्रम स्थलमा ज्योति मगर छिरेपछि सबैजना हेर्नलाई तयार भएका थिए । विशेषगरी लोक तथा दोहरी गायक अमित परियाले गाउँदा गाउँदै दर्शकहरु ज्योतिको प्रस्तुती हेर्न आत्तिएका थिए । सबैको ध्यान ज्योति तिरै थियो ।
जव ४ बज्यो ज्योतिको प्रस्तुतीको लागि मच्चमा बोलाईयो । त्यसपछि गडगढाट दर्शकको तालि बज्यो । कालो ज्याकेटमा आएकी ज्योतिले दुईवटा गित गाउँदा सम्म ज्याकेटमै थिईन् । जब पिरतीमा दम छ भन्ने बोलको गित गाउदै गाउँदै ज्याकेट खोलिन । उनले आफूले मात्रै ज्याकेन खोलिनन् । दर्शकहरुलाई समेत ज्याकेट खोल्न आहवन गरिन ।
त्यसपछि दर्शक तातिएर उफ्रिन थाले कोही दर्शकले भन्ने थाले ओई ज्योती.......... ओई ज्योती....... त्यति भनेपछि ज्योति मञ्च छोडेर दर्शक बीच गईन् । गाउदै र नाँच्दै गर्न थालेपछि दर्शक झन उफ्रीदा सुरक्षाकर्मी र आयोजकलाई मास समाहल्न हम्मे हम्मे परेको थियो ।
४ बजे मञ्चमा प्रवेश गरेकी ज्योतीले ५ नबज्दा सम्म दर्शकलाई उफारि रहीन् । ज्योतिको प्रस्तुती हेर्न गाउँ गाउँबाट हजारौं दर्शक सदरमुकाम पुगेका थिए । आयोजकका अनुसार झण्डै १३ हजार दर्शकले टिकट काटेर महोत्सवमा प्रवेश गरेका थिए ।
No comments: