Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » तकसेरा महोत्सवमा राष्ट्रपतिलाई आमन्त्रण



चैत २ तकसेरा । आगामी वैशाख १ देखी वैशाख ५ गते सम्म  पूर्वी रुकुमको तकसेरामा हुन लागेको आदिवासी जनजाती सांस्कृतिक महोत्सवको प्रमुख अतिथिको रुपमा राष्ट्रपति डा.रामवराण यादवलाई आमन्त्रण गर्ने भएको छ । पूर्वी रुकुमको तकसेरामा फागुन २८ गते पर्यटकीय तकगाउँमा भएको तकसेरा महोत्सव मुल आयोजक समितिको वैठकले राष्ट्रपति रामवराण यादवलाई प्रमुख अतितिको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको हो ।
 महोत्सवलाई  भव्य  र सभ्य वनाउन राष्ट्रपतिलाई आमन्त्रण गर्ने  निर्णय भएको तकसेरा मुल आयोजक समितिका संयोजक पहसिङ घर्तिले जानकारी दिए । उनले भने, राष्ट्रपति आमन्त्रण गर्दछौँ, उहाँले नभ्याए  प्रधानमन्त्रीलाई गर्ने समेत निर्णय भएको छ ।
 त्यस्तै बैठकले तकसेरा महोत्सवलाई सफल र प्रभावकारी बनाउन विभिन्न उप समिति समेत गठन गरिएको छ । जसमा ऐन गुरुङको संयोजकत्वमा मूलगेट निर्माण, दयाधन घर्तिको संयोजकत्वमा मञ्च निर्माण, श्री कामीको संयोजकत्वमा शौचालय निर्माण तथा व्यवस्थापन, अमृत वुढाको संयोजकत्वमा प्रर्दशनी वस्तु व्यवस्थापन र मालादेवी घर्तिको संयोजकत्वमा अतिथि सत्कारलगायतका उपसमितिहरु गठन गरिएको छ । गठन गरिएका उपसिमितिहरुले  तोकिएको जिम्मेवारीलाई  पूरा गर्न एक आपसमा सहकार्य गरेर अगाडि वढ्ने जनाएका छन् ।
 आदिवासी जनजातीहरुको कला सांस्कृतिलाई प्रवद्र्धन गर्ने तथा पूर्व रुकुममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तकसेरामा महोत्सवको आयोजना गरिएको हो । तकसेरा महोत्सवका मुख्य आर्कषणहरु मगर समुदायको वसोवास, रहसहन, भेषभूषा, (स्यादन कु)राक्षेस गुम्फा, मगर समुदायका झाक्रि नाच, ढुंगेनी नाच, भुमे नाच, घोडा दौड, गुरिल्ला दौड, कोलको विर्गुममा रहेको (टकसार) पैसा काट्ने ठाउँ,  ढोरपाटन सिकार आरक्षण,  लगायत विभिन्न खेलकुदहरुको  समेत आयोजना गरिएको छ ।
जसमा राष्ट्रिय परुष तथा महिला भलिबल प्रतियोगिता, म्यारथन दौड, साढेँजुधाई, सास्कृतिक झाकिहरु प्रदर्शन लगायतका प्रतियोगिताहरु सञ्चालन गरिन छन् । जसमा पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १० रुपैया रहेको छ । भने द्धितिय र तृतियलाई क्रमश ५० हजार र २५ हजार रुपैया प्रदान गरिने छ । त्यस्तै महिला राष्ट्रिय भलिबल प्रतियोगिताको राशी ५० हजार ३० हजार र २० हजार कायम गरिएको छ । भने महोत्सवमा प्रर्दशनी हुने झाकिहरुमध्ये सर्वउत्कृष्ठलाई ५० हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । इतिहास, भाषा, कला, संस्कृति जनजातीको पहिचान, कृषि, पशुपालन, जडिवुटी र पर्यटन विकास हाम्रो अभियान भन्ने नारा सहित महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा १ सय ५० भन्दा वढी स्टल राखिने मुल आयोजक समितिले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply