Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » रुकुममा पनि अज्ञात रोगको लक्षण देखियो


प्रवीर ददेल
बैशाख ४, रुकुम । जिल्लाको   चौखावाङ गाविसमा पहिचान नभएको रोग देखिन थालेपछि स्थानियबासीहरु त्रसित भएका छन् । चौखाबाङ– ५ हिल गाउ“मा पहिचान नभएको रोग देखिएको हो ।
गाविस सचिब गणेशकुमार शर्माले केही दिन देखी स्थानीयबासीमा  टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगा“टा लाग्ने, ज्वरो आउने, रुघा खोकी लाग्ने जस्ता लक्षण देखिएको जनाए । गाउ“का २२ जनामा यस्ता लक्षणहरु देखापरेको गाविस सचिब शर्माले जानकारी दिए ।
स्वास्थ्य चौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधि उपलब्ध नभएपछि उपचारमा समस्या भएको स्थानीयहरुले जनाएका छन्. ।  एक्कासी विभिन्न लक्षण एकैपटक देखापछि  स्थानियबासीहरु त्रसित बनेका छन् । छिमेकी जिल्ला जाजरकोटमा मौसमी रुघाखोकी र स्वाईन फ्लुका कारण २० जनाको ज्यान गएपछि यहा“पनि उक्त रोगको लक्षण देखा परेको भन्दै स्थानियबासी त्रसित बनेका हुन । जाजरकोटमा रोग नियन्त्रण नहु“दै पहिचान नभएको लक्षण देखिएपछि स्थानियबासी थप त्रसित बनेको गाविस सचिब शर्माले जनाए । रुकुम र जाजरकोटका स्थानियहरु दैनिकजसो आउजाउ गर्ने गरेकाले पनि  उक्त रोग यहा“ आउन सक्ने शंकाले स्थानीयमा त्रास छाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. इश्वरी खनालले स्वास्थ्य समस्या देखिएको भन्दै स्थानियबासीले उपचारका लागि अनुरोध गरेपछि ५ जना स्वास्थ्यकर्मीहरुको टोली चौखाबाङ पठाईएको जानकारी दिए । ‘कुन रोग हो भन्नेबारे कुनै पुष्टि हुन सकिरहेको छैन,’ निमित्त प्रमुख डा. खनालले भने, ‘त्यसतर्फ स्वास्थ्यकर्मीहरुको टोली पठाईसकेको छ उहा“हरुले परिक्षण गरेपछि मात्र त्यसबारे पुष्टि हुन्छ ।’ उनले यसबारे अन्य स्थानमा पनि उच्च सतर्कता अपनाईएको जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply